Nepal Purbadhar

मङ्लबार, जेष्ठ १, २०८१
Tuesday, May 14, 2024

मङ्लबार, जेष्ठ १, २०८१
Tuesday, May 14, 2024
राष्ट्रिय जलवायु परिवर्तनसम्बन्धी प्रतिवेदन सार्वजनिक    सोह्रौँ पञ्चवर्षीय योजना स्वीकृतिका लागि मन्त्रिपरिषदमा पठाइयाे,विद्युत उत्पादन ११ हजार मेगावाट पुर्याइने नारायणी नदी व्यवस्थापनका लागि नवलपुर क्षेत्रमा तटबन्ध    वर्षाले सडक हिलाम्य हुँदा मुग्लिन–पोखरा सडक आवागमनमा सास्ती    कोहलपुर-सुर्खेत प्रसारण लाइन निर्माण ढिलाइप्रति प्रदेश सरकारकाे चासाे ऊर्जा मन्त्रालयको भौतिक प्रगति सन्ताेषजनक, केही आयोजना अझै सुरु हुन सकेनन् पूर्वपश्चिम राजमार्गको काँकरभिट्टा–लौकही सडकखण्ड स्तरोन्नतिमा माटोकाे समस्या    बागलुङपानी-भुजुङ सडक स्तरोन्नती हुँदै   

रिडी-तम्घास सडकखण्ड ३ साताका लागि बन्द   


गुल्मी । मदन भण्डारी राजमार्गअन्तर्गत रिडी-तम्घास सडक ३ सातासम्मका लागि बन्द भएको छ । राजमार्ग योजना कार्यालयले मंगलबार सार्वजनिक सूचना निकालेर रिडी– तम्घास खण्डमा सडक विस्तारको काम भइरहेकाले ३ साताका लागि बन्द गरिएकाे जनाएकाे हाे।

याे सडक बन्द हुने हुँदा वैकल्पिक मार्ग प्रयोग गर्न सूचनामार्फत आग्रह पनि गरिएकाे छ । सडक निर्माणका क्रममा पहरो फोर्ने, चौडा पार्ने, ग्रेड मिलाउनेलगायत काम गर्नुपर्ने भन्दै कार्यालयले ७ चैतदेखि चैत मसान्तसम्म सडक बन्द हुने मदन भण्डारी राजमार्ग योजना कार्यालयका इन्जिनियर एवं सूचना अधिकारी शर्मिला शर्माले जानकारी दिइन् ।

उनले ३ साताका लागि दैनिक बिहान १० देखि ४ बजेसम्म र राति १० देखि बिहान ४ बजेसम्म सडक बन्द रहने बताइन् । गुल्मीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माको अध्यक्षतामा भएको बैठकले हाल तीन सातालाई सडक बन्द गर्ने निर्णय गरेको हो ।

मुख्य सडक बन्द भएपछि वैकल्पिक सडकका लागि पानीट्याङ्की–थोर्गा–स्यालपोखरी–सालबिसौनीबाट रातामाटा, पिपलनेटा दिगाम हुँदै रिडी र लुम्छा–धरमपानी–दिगाम हुँदै रिडी तथा घुम्तीबाट–चारापाला–खज्र्याङ हुँदै रिडी सडक प्रयोग गर्न कार्यालयले सार्वजनिक सूचना जारी गरेर जनाएको छ । रिडी–तम्घास सडकखण्डको २५ किलोमिटर क्षेत्रमा सडक निर्माण द्रुतगतिमा भइरहेको छ ।


Read Previous

हुलाकी सडक आयोजनाः नेपालगञ्ज-गुलरिया खण्डमा कालोपत्र गर्न सुरु 

Read Next

मुग्लिन-पोखरा सडकको पश्चिम खण्डमा ७० मठमन्दिर भत्किने  

Leave a Reply

Your email address will not be published.