Nepal Purbadhar

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024
इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन ‘साढे २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न बैंकको लगानी २० प्रतिशत पुर्याउने नीति लिइनुपर्छ’ रसुवागढी नाकाबाट ९ महिनामा ४ हजार ७ सय बढी सवारी साधन आयात मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो    १० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै  

ठूलोखोला जलविद्युत आयोजनाको ठाडाे र तेर्साे सुरुङ जाेडियाे,७७ प्रतिशत निर्माण पूरा


म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ र ८ को सीमा क्षेत्रमा निर्माणाधीन २१.३ मेगावाटकाे ठूलोखोला जलविद्युत आयोजनाको ठाडो र तेर्साे सुरुङ ब्रेकथ्रु भएको छ । आयोजनाकाे बाँधदेखि सुरुङमार्ग हुँदै ल्याइने पानीलाई विद्युत्गृहमा खसाल्न आउटलेटतर्फ खनिएको १०३ मिटर लामो ठाडो सुरुङ र विद्युत्गृहतर्फबाट खनिएको ४९५ मिटर लामो तेर्साे सुरुङकाे निर्माण पूरा भइ जाेडिएकाे हाे ।

दुइतर्फबाट खनिएकाे सुरुङ एउटै विन्दुमा पुगेर जाेडिएकाे आयोजना प्रमुख रवीन्द्र हमालले जानकारी दिए । संयुक्त ऊर्जा लिमिटेडले २०७८ मङ्सिरदेखि निर्माण सुरु गरेको याे आयोजनाको २.७०० किलाेमिटर लामो मुख्य सुरुङ भने गत मङ्सिरमा नै जोडिएको थियो ।

आयोजनाको सिभिल ठेकेदार कम्पनी साकुरा पावर/त्रिपल एस जेभीले सहायक ठेकेदार कम्पनी रोकाया कन्ट्रक्सन प्रालिलाई आवश्यक जनशक्ति र मेसिन उपकरणसहित परिचालन गरेकाले आयोजनाको सबै सुरुङ खन्ने काम सकिएको उनले बताए । उनका अनुसार सुरुङ खनेर सकिएसँगै लाइनिङ तथा कंक्रिटिङकाे काम पनि सुरु भएकाे उनले बताए ।

सबै संरचनामा काम भइरहेकाे आयोजनाकाे सिभिलतर्फ ७७ प्रतिशत निर्माण पूरा भएकाे उनले बताए । “निर्माण सुरु भएको २२ महिनामा ७७ प्रतिशत काम सकिएको छ, बाँध र विद्युतगृहकाे काममा पनि गति दिएका छाैं ”, हमालले भने ।

विद्युतगृहमा ९० प्रतिशत काम सकिएको छ । बाँध क्षेत्रका संरचना निर्माणकाे पनि ७० प्रतिशत सकिएको उनले बताए । आगामी साउनभित्र आयोजना  निर्माण सम्पन्न गरी विद्युत उत्पादन गर्ने लक्ष्य छ ।

आयोजनाको सबैभन्दा कठिन मानिने सुरुङ निर्माणको काम सकिएकाले लक्ष्यअनुसार नै आयोजनालाई पूर्णता दिन लागिपरेको हमालले बताए । रघुगङ्गा नदीस्थित फेदीखोला मुहानकाे  पानी छरीस्थित रघुगङ्गा नदीको किनारमा रहने विद्युत्गृहमा खसालेर विद्युत् उत्पादन गरिनेछ । आयोजनाबाट उत्पादन हुने विद्युत केन्द्रीय प्रसारण लाइनमा जोड्न २३ किलोमिटर लामो प्रसारण लाइन निर्माणको चरणमा छ ।

आयोजना सम्पन्न गर्न ३ अर्ब ६० करोड रुपैयाँ लागत अनुमान गरिएको छ । कूल लगानीकाे ७० प्रतिशत बैंक तथा वित्तीय संस्थाको ऋणबाट जुटाइएकाे छ । ३० प्रतिशत स्वपुँजी लगानी छ ।


Read Previous

जलविद्युत आयोजनाको बीमालाई नन ट्यारिफमा लैजान बीमा प्राधिकरणलाई अर्थमन्त्री महतको निर्देशन

Read Next

बाबियाचौर-काफलचौर-सल्यान-भर्जुला सडककाे स्तरोन्नति सुरु

Leave a Reply

Your email address will not be published.