Nepal Purbadhar

मङ्लबार, जेष्ठ १, २०८१
Tuesday, May 14, 2024

मङ्लबार, जेष्ठ १, २०८१
Tuesday, May 14, 2024
राष्ट्रिय जलवायु परिवर्तनसम्बन्धी प्रतिवेदन सार्वजनिक    सोह्रौँ पञ्चवर्षीय योजना स्वीकृतिका लागि मन्त्रिपरिषदमा पठाइयाे,विद्युत उत्पादन ११ हजार मेगावाट पुर्याइने नारायणी नदी व्यवस्थापनका लागि नवलपुर क्षेत्रमा तटबन्ध    वर्षाले सडक हिलाम्य हुँदा मुग्लिन–पोखरा सडक आवागमनमा सास्ती    कोहलपुर-सुर्खेत प्रसारण लाइन निर्माण ढिलाइप्रति प्रदेश सरकारकाे चासाे ऊर्जा मन्त्रालयको भौतिक प्रगति सन्ताेषजनक, केही आयोजना अझै सुरु हुन सकेनन् पूर्वपश्चिम राजमार्गको काँकरभिट्टा–लौकही सडकखण्ड स्तरोन्नतिमा माटोकाे समस्या    बागलुङपानी-भुजुङ सडक स्तरोन्नती हुँदै   

कर्णाली प्रदेशका १७ सय बढी योजनामा ७ सयको मात्रै सम्झौता   


जाजरकोट । कर्णाली प्रदेशको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले १ हजार ७ सय १२ योजनामा हालसम्म ७ सय ३४ को मात्रै सम्झौता गरेको छ । प्रदेशभरका यी याेजनामध्ये आधाभन्दा कम याेजनाकाे कार्यान्वयनका लागि सम्झाैता गरिएकाे हाे ।

प्रदेशका १० जिल्लाको विवरणअनुसार डोल्पामा प्रस्तावित १ सय ५४ मध्ये २२ वटा योजनाको सम्झौता भएको छ । जुम्लामा मन्त्रालयले पठाएको १ सय ३९ योजनामध्ये ४९ वटाको मात्र सम्झौता भएको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयअन्तर्गत योजना महाशाखाका प्रमुख गोपाल शर्माले जानकारी दिए । उनकाअनुसार मन्त्रालय अन्तर्गतका याेजनाकाे चालू वर्षकाे ६ महिनाकाे वित्तीय प्रगति ८.१८ प्रतिशत छ । भौतिक प्रगति २२ प्रतिशत छ ।

सुर्खेतमा २ सय योजनामध्ये ९८, दैलेखमा १८० मध्ये ८५, कालीकोटमा १९३ मध्ये ७८, सल्यानमा १२७ मध्ये ७१, रुकुमपश्चिममा १९० मध्ये ९५, जाजरकोटमा २१५ मध्ये ७५, हुम्लामा १६१ मध्ये ६१ र मुगुमा १५१ योजनामध्ये १ सय वटाको सम्झौता भएको मन्त्रालयको सूचना शाखाले जनाएको छ ।

मन्त्रालयले आयोजना गरेको अर्धवार्षिक समीक्षा कार्यक्रममा उक्त विवरण सार्वजनिक गरिएको थियो । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयसँगै रहेकामा यसलाई अलग गरी जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयका रूपमा कार्यसञ्चालन भइरहेको छ ।

गत कात्तिक, मङ्सिरभित्र सबै योजनाको सम्झौता गरिसक्न प्रदेश सरकारले दिएको निर्देशन आन्तरिक मन्त्रालयमार्फत जिल्ला कार्यालयले कार्यान्वयन नगर्दा समस्या आएको योजना महाशाखाका प्रमुख शर्माले बताए । मन्त्रालयबाट पटक–पटक दिइएको निर्देशनलाई जिल्ला कार्यालयका प्रमुखले ध्यान नदिने गरेका उनकाे भनाइ थियो ।

मन्त्रालयले दोस्रो कार्यकालको एक वर्ष बिताइसक्दासम्म बजेट तथा अन्य योजना कार्यान्वयनको अवस्था सन्तोषजनक नरहेको पाइएको छ । आवश्यक साङ्गठनिक संरचना र कर्मचारी अभावमा मन्त्रालयले योजना कार्यान्वयन गर्न नसकेको मन्त्रालयका अधिकारीको भनाइ थियो ।

महाशाखाका प्रमुख शर्माका अनुसार प्रदेशका दशवटै जिल्लामा मन्त्रालय मातहतका कार्यालयहरू स्थापना गरिएका छन् । पर्याप्त जनशक्ति नहुँदा कार्यसम्पादनमा समस्या हुने गरेको उनकाे भनाइ थियो । मन्त्रालय र मातहतका कार्यालयमा २२२ जना कर्मचारीको स्थायी दरबन्दी रहेकामा हाल १७९ कार्यरत रहेकाे शर्माले जानकारी दिए । रिक्त ४३ पद खाली रहेको उनले बताए ।

मन्त्रालयले दिएको निर्देशन जिल्लास्थित कार्यालय प्रमुखले समयमा कार्यान्वयन नगरेका मन्त्रालयको समीक्षामा गुनासो गरिएको थियो । समीक्षा बैठकमा आफूखुसी काम गर्ने प्रवृत्ति बढेको अधिकांशको गुनासो थियो । प्रदेशको लेखा नियन्त्रण कार्यालयले दिएको जानकारीअनुसार यस मन्त्रालयले हालसम्म चालू ३०.७५ प्रतिशत, पुँजीगत ६.४० प्रतिशत र समग्र खर्च ८.२७ प्रतिशत खर्च गरेको छ ।

मन्त्रालयले आफ्नो कार्यक्षेत्रभित्रका योजना निर्माण गरेपनि कार्यान्वयनको गति भने सुस्त देखिएको छ । सिँचाइ आयोजनालाई प्राथमिकतामा राखेर अघि सारिएको छ । जसअनुसार चालू आर्थिक वर्षभित्रमा थप ४ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध गराउने रणनीति मन्त्रालयले तय गरिएको जलस्रोत तथा ऊर्जा विकास मन्त्री उर्मिला विकले जानकारी दिइन् । उनका अनुसार कृषि उत्पादनलाई प्रोत्साहन गर्दै आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न रणनीतिक रूपमा सिँचाइ सुविधा उपलब्ध गराउन लागिएको हो ।

सतह सिँचाइ, भूमिगत तथा अन्तरजलाधार स्थानान्तरणलगायत योजनालाई दीर्घकालीन लक्ष्यका साथ अगाडि बढाउँदै प्रभावकारी सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्य राखिएको मन्त्रालयले जनाएको छ । सोहीअनुसारको बजेट तथा कार्यक्रम बाँडफाँट भएको मन्त्री विकले दाबी गरिन् । उनका अनुसार सिँचाइ कार्यक्रमका लागि यस वर्ष मन्त्रालयले १ अर्ब ४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

मन्त्री विकका अनुसार प्रदेशभर साना–ठूला गरी पाँच सय पुराना सिँचाइका कार्यक्रम सञ्चालन भइरहेका छन् । चालु आवमा थप दुई सय नयाँ योजना सञ्चालनको तयारी भइरहेको उनले जानकारी दिइन् । कृषियोग्य भूमिको सीमित उपलब्धता र बढ्दो जनसङ्ख्याका कारण कृषि उत्पादकत्व बढाउनुपर्ने भएकाले सिँचाइ सुविधा उपलब्ध गराउन लागिएको उनकाे भनाइ थियो ।

सिँचाइ पूर्वाधारको विकासका साथै सम्पन्न सिँचाइ प्रणालीको योजनाबद्ध व्यवस्थापन, सुदृढ एवं प्रभावकारी बनाउन मन्त्रालयले सघन प्रयास थालेको जलस्रोत तथा ऊर्जा विकासमन्त्री विकले बताए । उनकाअनुसार परम्परागत प्रविधि र आर्थिक दृष्टिकोणबाट सम्भाव्य आधाभन्दा बढी कृषियोग्य जमिनमा सिँचाइ सुविधा पुर्याउन बाँकी रहेको छ ।

सिँचाइ विकासको नवीनतम् प्रविधिमार्फत पहाडी भेगका सुक्खा तथा टारक्षेत्रमा सिँचाइ उपलब्ध गराउने लक्ष्य राखिएको मन्त्री विकले बताइन् । बृहत् र ठूला सिँचाइ प्रणालीको व्यवस्थापन गरी किसानलाई भरपर्दाे सिँचाइ सुविधा पुर्याउन लागिएको उनले बताइन् ।

“सिञ्चित क्षेत्र वृद्धि गर्नुका साथै जलस्रोतको बहुद्देश्यीय उपयोगमा जोड दिने, विकसित सिँचाइ प्रणालीमा व्यवस्थापन गरी सुदृढीकरण गर्ने, दिगोपन बढाउने, सिँचाइको आवश्यकता भएको स्थान र समयमा निर्वाधरूपमा वर्षैभरि पानीको उपलब्धता बढाउने मन्त्रालयको लक्ष्य छ”, मन्त्री विकले भनिन् । कर्णालीमा कृषियोग्य जमिनको क्षेत्रफल धेरै भए पनि सिँचाइको अभाव रहेको भन्दै हालसम्मको तथ्याङ्कले कुल सिञ्चित क्षेत्रफल २८ दशमलव आठ प्रतिशतमात्रै देखिएको उनले जानकारी दिइन् ।

मन्त्रालयले स्वच्छ तथा गुणस्तरीय खानेपानी उपभोग गर्न पाउने जनताको मौलिक हक कार्यान्वयन गर्नका लागि खानेपानी संरचना निर्माणलाई प्राथमिकतामा राखेको मन्त्रालयअन्तर्गत योजना महाशाखाका प्रमुख शर्माले बताए । उनका अनुसार सिँचाइयोग्य जमिनको संरक्षण गर्न तथा संरक्षित कृषियोग्य भूमिमा बाह्रैमहिना सिँचाइ सुविधा पुर्याउन संरचना निर्माणका काम भइरहेका छन् ।

टार सिँचाइ कार्यक्रमका लागि प्रतिफल देखिने गरी प्राथमिकीकरण गरेर बजेट तथा कार्यक्रम बनाइएको मन्त्री विकले जानकारी दिइन् ।  प्रदेशमा विद्युत् पहुँच विस्तार गर्न कर्णाली उज्यालो कार्यक्रम, विद्युत् प्रसारण लाइन नपुगेका जिल्लामा ग्रामीण विद्युतीकरण कार्यक्रम र नवीकरणीय ऊर्जा कार्यक्रम सञ्चालनमा भइरहेका छन् ।

आगामी आवमा खानेपानी, सरसफाइ, सिँचाइ र ऊर्जा विकाससम्बन्धी ऐन–कानुन निर्माणमा विशेष पहल गरिने मन्त्री विकले बताइन् ।   कर्णाली प्रदेशको विद्युत् सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० प्रदेशसभामा पेस गरिएको छ ।

मन्त्रालयले चालु आवमा सौर्य ऊर्जाको कार्यक्रमलाई पनि सँगसँगै लैजाने गरी रणनीति बनाइएको मन्त्री विकले बताइन् । नविकरणीय ऊर्जा प्रवर्द्धन कार्यक्रमका लागि १० करोड रुपैयाँ  बजेट विनियोजन गरिएको छ । विशेष गरेर डोल्पा, मुगु, हुम्ला र जाजरकोटमा यी कार्यक्रम केन्द्रित गरिने मन्त्रालयले जनाएको छ ।


Read Previous

बजेट पाएपछि वर्षौँंदेखि अलपत्र बिहुँ-घोडाबाँधे सडक खण्ड कालोपत्र हुने आशा

Read Next

झापामा १० वर्षमा बने ५१ वटा झोलुङ्गे पुल

Leave a Reply

Your email address will not be published.