Nepal Purbadhar

बिहिबार, जेष्ठ ३, २०८१
Thursday, May 16, 2024

बिहिबार, जेष्ठ ३, २०८१
Thursday, May 16, 2024
नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै   ग्रीन हाइड्रोजन तथा रसायनिक मल उत्पादन प्रवर्द्धन गर्न केयु र युएसएड एग्रिकल्चरल इन्पुटबीच समझदारी म्याग्दीको दरबाङ सडकमा कालोपत्र १० महिनामा १ लाख ७७ हजार पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरे  जगदुल्ला अर्धजलाशय आयोजनामा नबिल बैंककाे अगुवाईमा ऋण लगानी जुट्याे,अर्काे वर्ष निर्माण थालिने    ऊर्जा आयोजनका लागि छुट्टै ‘ऊर्जा सुरक्षा नीति’ बनाउन सरकारसँग इपानकाे माग पेट्रोलियम पदार्थको मूल्य घट्यो,पेट्रोल प्रतिलिटर ७ रुपैयाँ सस्तियाे

दैलेखका स्थानीय तहका ९० वडामा विद्युतीकरण  


दैलेख। दैलेखका स्थानीय तहका ९० वडामा राष्ट्रय प्रसारण प्रणालीकाे विद्युत पहुँच पुगेकाे छ । नेपाल विद्युत प्राधिकरणले विद्युतीकरण विस्तार गरी ११ स्थानीय तहका यी वडामा विद्युत पहुँच पुर्याएकाे हाे ।

जिल्लामा अहिलेसम्म ७० प्रतिशत विद्युतीकरण भइसकेकाे प्राधिकरण दैलेख वितरण केन्द्रका प्रमुख नरेशदत्त रावलले बताए । उनका अनुसार जिल्लाका १५ हजार ८ सय घरधुरीमा विद्युत पहुँच पुगेकाे छ ।

पछिल्लाे २ महिनामा मात्रै जिल्लाका ८ सय घरधुरीमा विद्युतीकरण विस्तार भएकाे पनि रावलले जानकारी दिए । जिल्लामा विद्युतीकरणले तीव्रता पाएसँगै दैलेखमा प्राधिकरणका ग्राहककाे संख्या पनि बढेकाे उनले बताए ।

दैलेखका ९० वडामध्ये हालसम्म ८२ वडामा विद्युतीकरणको काम सम्पन्न भएको वितरण केन्द्रले जनाएकाे छ । “विद्युतीकरणको तीव्र विस्तारसँगै विद्युतका उपभाेक्ताको सङ्ख्या बढ्दै गएको छ । दुई महिनाको अवधिमा थप ८ सय घरधुरीमा विद्युत् विस्तार भएको छ”, रावलले भने ।

जिल्लाका आठविस नगरपालिका, ठाँटिकाँध गाउँपालिका र चामुण्डाविन्द्रासैनी नगरपालिकाका केही वडामा मात्र विद्युतीकरणको काम हुन बाँकी छ । रावलका अनुसार मङ्गलबार मात्र ठाँटिकाँध गाउँपालिका–५ का ६ सय घरधुरीमध्ये ५ सय ५० घरमा बत्ती बालिएको छ ।

स्थानीय सरकार सञ्चालनमा आएसँगै दैलेखमा विद्युतीकरणले तीव्रता पाएको हो । सामुदायिक विद्युतीकरणअन्तर्गत स्थानीय तहले विद्युत् विस्तारको कामलाई अघि बढाएका थिए । हाल सामुदायिक विद्युतीकरणअन्तर्गत केही स्थानीय तहको काम प्राधिकरणकाे दैलेख वितरण केन्द्र मातहत हुँदै आएको छ ।


Read Previous

काम अगाडि नबढेपछि घुमाउनेको पुलकाे ठेक्का तोड्ने तयारी

Read Next

विद्युत व्यापारका सम्बन्धमा नेपाल-भारतबीच ८ सहमति, त्रिपक्षीय सम्झौतामार्फत बंगलादेशलाई विद्युत बेच्न बाटो खोलिने

Leave a Reply

Your email address will not be published.