Nepal Purbadhar

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024
इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन ‘साढे २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न बैंकको लगानी २० प्रतिशत पुर्याउने नीति लिइनुपर्छ’ रसुवागढी नाकाबाट ९ महिनामा ४ हजार ७ सय बढी सवारी साधन आयात मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो    १० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै  

डुम्रे–बेँसीसहर–चामे सडक स्तरोन्नतिको काम ७० प्रतिशत


डुम्रे (तनहुँ)। डुम्रे–बेँसीसहर–चामे सडकको स्तरोन्नतिको काम भइरहेको छ । यस सडकको प्रवेश नाकाका रुपमा रहेको तनहुँको भानु नगरपालिका क्षेत्रमा स्तरोन्नतिको काम भइरहेको डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयले जनाएको छ ।

सो योजनामध्ये तनहुँ खण्डमा कालोपत्रको काम भइरहेको डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयका सूचना अधिकारी पुरुषोत्तम अधिकारीले जानकारी दिए ।  दुई लेनको यस सडक योजनाको ७० प्रतिशत सडक कालोपत्र गरिएको उनले बताए ।

भानु–३, खहरे तथा चाम्बास क्षेत्रमा कालोपत्र गरिसकिएको अधिकारीले बताए । भानु–१ भन्सार तथा नगरपालिकाको कार्यालय क्षेत्रमा कालोपत्रका लागि सम्याउने र पुरानो कालोपत्र हटाउने काम भइरहेको उनकाे भनाइ छ ।  असार मसान्तसम्ममा कालोपत्र सकिने गरी काम भइरहेको जानकारी दिए ।

खहरेका केही स्थानमा साना पुल र घुम्ती क्षेत्रमा ‘लेबल’ मिलाउने कार्य भइरहेको सडक योजनाले जनाएको छ । उनले भने, ‘केही स्थानमा कालोपत्रका लागि तयारी भइरहेको छ, केही स्थानमा ‘लेबलिङ’को काम भइरहेको छ, यतिबेला कामले गति लिएको छ ।’

यस सडक खण्डको डुम्रेदेखि चाम्बाससम्म आठ किलोमिटर सडक कालोपत्र गरिने अधिकारीले बताए । कूल आठ किलोमिटरमध्ये साढे चार किलोमिटर एकपत्र कालोपत्र सकिएको र दुई किलोमिटर दुईपत्र कालोपत्र गरिसकिएको उहाँले जानकारी दिए । उनका अनुसार अन्य क्षेत्रमा नाला निर्माण र पर्खाल निर्माणको काम भइरहेको छ ।

एम/एस आशिष अनेस्ट जेभी भरतपुर चितवनले यस योजनाको निर्माणको जिम्मा पाएको छ । विसं २०७८ वैशाख २२ मा ठेक्का सम्झौता भई विसं २०७८ वैशाख २९ मा सडक स्तरोन्नतिको कार्य प्रारम्भ भएको थियो । विसं २०८० कात्तिक २२ मा यस सडक खण्डको कालोपत्र सम्पन्न गर्ने गरी ३८ करोड नौ लाख ८६ हजार चार सय ९२  रूपैयाँमा ठेक्का सम्झौता गरिएको थियो । सम्झौताको मितिसम्म सडक स्तरोन्नतिको काम गरिसक्नुपर्ने भए पनि पूरा भने भएन ।

यस योजनाको ३० प्रतिशत सडक खण्डको कालोपत्रको काम नसकिँदै ठेक्का सम्झौता सकिएको थियो । ठेक्का सम्झौताको मिति सकिँदासम्म ७० प्रतिशत मात्रै काम सकिएपछि समय थप गरिएको अधिकारीले जानकारी दिए । ‘सम्झौताको मिति सकियो, तर कालोपत्र सकिएन, काम पूरा गर्न असार मसान्तसम्मका लागि समय थपिएको छ’ उनले भने । करिब ३० प्रतिशत काम पूरा गर्न अझै बाँकी रहेको छ ।

यो सडक खण्ड हिमाली जिल्ला मनाङको मेरुदण्डको स्थलमार्गका रुपमा रहेको छ । तनहुँतर्फको काम तीव्र भइरहेको छ भने लमजुङ र मनाङतर्फका सडक खण्डको पनि स्तरोन्नतिको काम भइरहेको सो कार्यालयले जनाएको छ । यस सडक खण्डको तनहुँतर्फ कालोपत्र सकिएपछि सहज रुपमा यात्रा गर्न सकिने जनाइएको छ ।


Read Previous

फुतफुते झरनाले लोभ्यायो पर्यटकलाई

Read Next

खानेपानीको समस्या झेल्दै जलारी समुदाय

Leave a Reply

Your email address will not be published.