Nepal Purbadhar

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

एसिएन बैंकर संघको सम्मेलन काठमाडौंमा सुरु   


काठमाडौं । एसिएन बैंकर संघकाे सम्मेलन काठमाडौंमा सुरु भएको छ । नेपाल बैंकर संघ र एसिएन बैंकर संघकाे संयुक्त आयोजनामा सम्मेलन सुरु भएकाे हाे ।

‘एसियन बैंकिङः रोडम्याप फर रिकभरी एण्ड सस्टेइन्ड ग्रोथ’ नाराका साथ सुरु भएको याे सम्मेलन २ दिनसम्म चल्ने छ । सम्मेलनमा नेपाल सहितका सदस्य देशका बैंकरहरुको सहभागिता छ ।

सम्मेलनको उद्घाटन गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय बैंकरलाई आग्रह गरे ।  विश्व बैंक, एसियाली विकास बैंकलगायतले ठूला परियोजनामा लगानी गरिरहेकाले लगानीको वातावरण रहेकोे भन्दै उनले जलविद्युतलगायत क्षेत्रमा लगानीको सम्भावना रहेको उल्लेख बताए ।

उनले कोभिडपछिको अर्थतन्त्रको पुनरुत्थान र दीगो बिकासका लागि सम्मेलन फलदायी हुनेमा विश्वास व्यक्त गरे । कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महप्रसाद अधिकारीले नेपाली बैंकले छोटो समयमा प्रगति गरेको भन्दै डिजिटल बैंकिङमा जोड दिए । उनले बैंकमा लगानी बढाउन पनि आग्रह गरे ।


Read Previous

अदालतको आदेशपछि लेकसाइडका पर्यटन व्यवसायी उत्साहित   

Read Next

पेट्रोलियम इन्धनमा लगाइएको करबाट ५ रुपैयाँ बूढीगण्डकी आयोजनामा लगानी गरिने

Leave a Reply

Your email address will not be published. Required fields are marked *