Nepal Purbadhar

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024
त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन ‘साढे २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न बैंकको लगानी २० प्रतिशत पुर्याउने नीति लिइनुपर्छ’ रसुवागढी नाकाबाट ९ महिनामा ४ हजार ७ सय बढी सवारी साधन आयात मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो    १० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै   ग्रीन हाइड्रोजन तथा रसायनिक मल उत्पादन प्रवर्द्धन गर्न केयु र युएसएड एग्रिकल्चरल इन्पुटबीच समझदारी

पेट्रोलियम इन्धनमा लगाइएको करबाट ५ रुपैयाँ बूढीगण्डकी आयोजनामा लगानी गरिने


काठमाडौं । सरकारले पेट्रोलियम पदार्थमा लगाउँदै आएको पूर्वाधार विकास करबाट प्रतिलिटर ५ रुपैयाँ १२ सय मेगावाटको बूढीगण्डकी जलाशय जलविद्युत आयोजनामा लगानीका लागि छुट्याउने भएको छ । पेट्रोल तथा डिजल/मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँ पूर्वाधार विकास कर लिइँदै आएकोमा त्यसमध्येबाट ५ रुपैयाँ बूढीगण्डकी आयोजना निर्माणमा लगानी गरिने भएको हो ।

बिहीबार बसेको मन्त्री परिषद बैडकले फेरि पेट्रोलियम करको प्रतिलिटर ५ रुपैयाँ बूढीगण्डकी आयोजनालाई छुट्याउने निर्णय भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्त रेखा शर्माले जानकारी दिइन् । उनका अनुसार बूढीगण्डकी स्वदेशी लगानीमा नै निर्माण गर्ने प्रक्रिया अघि बढिसकेकाले लगानीका लागि करबापतको रकम छुट्याउने निर्णय भएको हो ।

यसअघि नेपाल आयल निगमले आर्थिक वर्ष २०७३/७३ देखि बूढीगण्डकी आयोजना शिर्षकमा नै पेट्रोलियम करबापतको प्रतिलिटर ५ रुपैयाँ छुट्याउँदै आएको थियो । ३ वर्षसम्म बूढीगण्डकी आयोजना शिर्षकमा करको रकम जम्मा गरेपछि २०७६ साल फागुनदेखि बूढीगण्डकी आयोजना शिर्षकमा नभई पूर्वाधार विकास करको नाममा प्रतिलिटर १० रुपैयाँ लिँदै आएको थियो ।

मन्त्रीपरिषदको बिहीबारको निर्णयपछि अब पूर्वधार विकासका लागि लिइँदै आएको प्रतिलिटर १० रुपैयाँ मध्येबाट ५ रुपैयाँ स्वतः बूढीगण्डकी आयोजनाको नाममा जाने शर्माले बताइन् । बूढीगण्डकी जलाशय स्वदेशी लगानीमा निर्माण गर्न भन्दै आयोजना स्थलमा स्थानीय कार्यालय पनि स्थापना गरिसकिएको छ । आयोजनाको मुआब्जा वितरणको काम करिब पूरा भइसकेको छ ।


Read Previous

एसिएन बैंकर संघको सम्मेलन काठमाडौंमा सुरु   

Read Next

विपद्को पूर्वतयारीबारे अन्तर्राष्ट्रिय सम्मेलन धुलिखेलमा हुने

Leave a Reply

Your email address will not be published.