Nepal Purbadhar

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

धुलिखेल अस्पतालमा छिट्टै ट्रमा सेन्टर सुरु हुन्छ: स्वास्थ्यमन्त्री बस्नेत


काभ्रेपलाञ्चोक । धुलिखेल अस्पतालमा अब छिट्टै ट्रमा सेन्टर सुरु हुने स्वास्थ्य तथा जनसङ्ख्यमन्त्री मोहनबहादुर बस्नेतले बताएका छन् । काभ्रेपलाञ्चोकको धुलिखेलस्थित उक्त अस्पताल र नेपाली र जर्मनीमा रहेका स्त्री तथा प्रसूति रोग विशेषज्ञहरुबीच स्थापित संस्था (जिनेसोग)ले आयोजना गरेको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन आज शुभारम्भ गर्दै उनले अरनिको र बिपी राजमार्गको छेउमा रहेको यस अस्पतालका लागि विदेशी दातृ संस्थाबाट प्राप्त रकम नेपाल सकारले स्वीकार गरिसकेकोले आवश्यक व्यवस्थाका लागि सहजीकरण गरी अब छिट्टै सेवा सुरु गरिने बताएका हुन् ।

समुदायस्तरमा सञ्चालन भएको उक्त अस्पताल गुणस्तरीय हुनाका साथै गरिब, असाहाय र विपन्न नागरिकलाई सहज, सुलभ र राम्रो सेवा पु¥याएकामा मन्त्री बस्नेतले यसको प्रशंसा गर्नुभयो । राज्यको सानो सहयोगमा पनि आफ्नो बुद्धि र विवेकले सामुदायिक अस्पताल सञ्चालन गर्न सफल भएको उल्लेख गर्दै उहाँले सामुदायिक अस्पताल सञ्चालन गर्न चाहनेले एक पटक धुलिखेल अस्पतालमा गएर हेर्नुपर्ने सरकारले पनि यहाँ भएको राम्रो कुरा अन्य अस्पतालमा पनि लागू गर्नुपर्ने आवश्यकता औंल्याए ।

ुसो अवसरमा उनले धुलिखेल अस्पतालले यसअघि पनि महिलामा पिसाब चुहिने समस्याको राम्रो उपचार गर्न सफल भएको र अहिले पनि स्त्री तथा प्रसूति रोग विशेषज्ञबीच गरिएको सम्मेलनबाट थप तथा गुणस्तरीय सेवा प्रदान हुनेमा आफू विश्वस्त रहेको बताए । धुलिखेल अस्पतालका कार्यकारी निर्देशक डा. राकमण्ठ माकजू श्रेष्ठले सर्वसुलभरुपमा आम नागरिकको सेवाको लागि गुणस्तरीय सेवा प्रदान गर्नाका साथै समयुदायमा आधारित सेवाबाट स्वास्थ्य सेवा प्रदान गर्दै आएको बताए ।

उक्त अस्पतालका गाइनोलोजिष्ट प्रो डा सुमनराज ताम्राकारले यस सम्मेलनले स्त्री तथा प्रसूति रोगको सेवमा हुने उपचारमा नयाँ फड्को मार्नाका साथै नेपाली महिलालाई स्वस्थ बनाउने अभियानमा सघाउ पुग्ने विश्वास व्यक्त गरे । सम्मेलनमा निःसन्तान, रजोवृत्ति, पाठेघरमा जन्मजात विकृति, गर्भवती बेलामा स्वास्थ्य समस्या, प्रसवपछिको अधिक रक्तस्राव, स्त्री रोगसम्बन्धी ल्याप्रोेस्कोपी शल्यक्रिया, इन्डोमेट्रिओसिस, पाठेघरमा मासु पलाउने, असामान्य महिनावारीबारे छलफल भएको थियो।

नेपालभित्रका विभिन्न अस्पतालमा स्त्री रोगसम्बन्धी विभागमा काम गर्ने चिकित्सकलगायत करिब एकसय जनाको सहभागिता रहेको सो सम्मेलनमा नेपाल र जर्मनका गरी करिब एकदर्जन विशेषज्ञले आ–आफ्ना प्रस्तुति दिएको बताइएको थियो । सम्मेलनपछि सहभागीले आ–आफ्नो कार्य क्षेत्रमा गई महिला स्वास्थ्यसेवाको गुणस्तर वृद्धिमा सघाउ पुग्ने अपेक्षा राखिएको संस्थाले जनाएको छ । यसअघि सन् २०१७ मा सो सम्मेलन भएको थियो ।


Read Previous

चार महिनादेखि अवरुद्ध सडक खुल्दा स्थानीय खुसी

Read Next

ढोरपाटनमा निजी लगानी आउने आशा

Leave a Reply

Your email address will not be published. Required fields are marked *