Nepal Purbadhar

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

नेपाल अन्तराष्ट्रिय व्यापार मेला मंसिर १४ देखि शुरु हुने, स्टल बुकिङ खुला


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघद्धारा प्रत्येक वर्ष आयोजना गरिदै आएको नेपाल अन्तराष्ट्रिय व्यापार मेला यस वर्ष आगामी मंसिर १४ देखि १८ गते सम्म काठमाडौमा हुने भएको छ । महासंघ सचिवालयमा आज आयोजित पत्रकार सम्मेलनमा सो कुराको जानकारी गराइएको हो ।

काठमाडौको भृकुटीमण्डपमा आयोजना हुने उक्त मेलाका लागि ५० प्रतिशत ंस्टल बुकिङ भैसकेको र यस वर्षको मेलामा चीन, भारत, पाकिस्तान, बङ्गलादेश र भुटानबाट सहभागिता हुने भएको छ । मेलामा नेपाली युवा उद्यमी मन्चद्धारा मेड इन नेपाल पेभेलियन तथा बस्तुगत संघहरुको ‘कमोडिटी पेभेलियन’ रहने छ ।

नेपाल सरकार/ उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयको सहयोगमा व्यापार तथा निकासी प्रबद्र्धन केन्द्रको प्रबद्र्धन तथा ललितपुर उद्योग वाणिज्य संघ र नेपाल हस्तकला महासंघको सह आयोजनामा क्यालेन्डर इभेन्टको रुपमा उक्त मेला आयोजना हुन लागेको हो । नेपाल अन्तराष्ट्रिय व्यापार मेला २०२३ नर्वौ संस्करण हो ।

नेपाल अन्तराष्ट्रिय व्यापार मेला २०२३ नेपाली उत्पादनलाई अन्ताष्ट्रिय बजारमा प्रबद्र्धन गर्न एक सशक्त माध्यम बन्दै आएको छ । मेलामा नेपालको औद्यँेगिक व्यवसायिक सम्भाव्यताका विषयमा जानकारी गराउन थप सहयोग पुग्ने विस्वास लिएको छ ।

कुल ३०० भन्दा बढी स्टल मार्फत मेलामा स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको प्रर्दशनी गरिने छ । मेलामा सार्क राष्ट्र सहित चीन, कोरिया, जापान, इण्डोनेशिया, मलेशिया लगायतका देशका क्रेताहरुलाई आमन्त्रण गरिने छ । मेलामा भारतको इण्डियन चेम्बर्स अफ कमर्स र नेपालको नेपाल हब्स तथा हर्बल उत्पादक संघको संयुक्त आयोजनामा आयुर्वेद सम्बन्धि बस्तुहरुको प्रर्दशनी एवं प्रवचन कार्यक्रम समेत हुने छ ।

नेपाल अन्तराष्ट्रिय व्यापार मेलाको मुख्य आकर्षणमा मेड इन नेपाल शो हस्तकला उत्पादनहरुलगायत रहने छन् । मेलाका अवसरमा अन्तराष्ट्रिय खरिदकार्तासंग प्रत्यक्ष अन्तरक्रिया गराउने लक्ष्य समेत रहेको छ । मेलामा हस्तकला, पर्यटन सूचना तथा प्रबिधि एवं व्यवसायिक सूचना, कृषि उत्पादन, उर्जा, भवन तथा निर्माण सम्बन्धी शिक्षा आदिका छुट्टाछुट्टै स्टलहरु राखिने छन् ।

मेलाका अवसरमा विभिन्न देशबाट आउने व्यापारिक प्रतिनिधिहरुसंग भेटघाट तथा द्धिपक्षिय व्यापार प्रबद्र्धन तथा लगानीबारे छलफल हुनेछ । यस वर्षको मेलामा स्वदेशी र विदेशी गरी करिब ५० हजार अवलोकनकर्ताहरुले अवलोकन गर्ने लक्ष्य राखिएको छ । विभिन्न जिल्लामा आयोजना भएका मेलाहरुमा उत्कृष्ट स्टल तथा उत्पादनलाई मेलामा निःशुल्क स्टल उपलब्ध गराईने छ ।

मेलामा जेष्ठ नागरीक तथा फरक रुपले सक्षम नागरिकहरुलाई निःशुल्क तथा विद्यार्थीहरुलाई उनीहरुको प्रवेशपत्रका आधारमा पचास प्रतिशत प्रवेश छुटको व्यवस्था समेत गरिएको छ । आजबाट स्टल बुकिङ खुल्ला गरिएको छ । पत्रकार सम्मेलनलाई संवोधन गर्दै महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले अन्तराष्ट्रिय व्यापार मेला अर्थतन्त्रलाई चलायमान बनाउन सहयोगी हुने विश्वास व्यक्त गरे ।

मेलामा राष्ट्रिय एवं अन्तराष्ट्रिय प्रदर्शकको जमघटबाट लगानी तथा प्रविधि आकर्षण र उत्पादन विविधिकरणमा समेत सघाउ पुग्ने धारणा अध्यक्ष ढकालको थियो । उपाध्यक्ष सुरकृष्ण वैदले एउटा छुट्टै ब्राण्ड बनाउन सफल एनआईटीएफ निजी क्षेत्रका लागि एउटा बलियो प्ल्याटफर्म भएको बताए ।


Read Previous

प्रस्तावित विद्युत् विद्येयकमा भएको प्राधिकरण खण्डिकरणको व्यवस्था हटाउन कर्मचारी संगठनको माग

Read Next

बचत भएको विद्युत्मात्र निर्यात गरिने

Leave a Reply

Your email address will not be published. Required fields are marked *