Nepal Purbadhar

आइतवार, मंसिर ९, २०८१
Sunday, November 24, 2024

आइतवार, मंसिर ९, २०८१
Sunday, November 24, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

सम्झौता भएको डेढ वर्षपछि सडक निर्माण सुरु


बाँके । बाँकेको जानकी गाउँपालिका हुँदै खजुरा दुई सीतापुर जोड्ने परसपुर–गौघाट सडक खण्डको प्रारम्भिक चरणको निर्माण सुरु गरिएको छ । निर्माणको ठेक्का पाएर सम्झौता गरेको झण्डै डेढ वर्षपछि नेपालगञ्ज उपमहानगरपालिकाको सडक खण्डको प्रारम्भिक चरणको निर्माण सुरु भएको हो ।

ठेकेदार कम्पनीले सम्झौता भएको १६ महिनापछि शुक्रबारकादेखि परसपुर–गौघाट सडकखण्डमा सुरुआती चरणमा खाल्डाखुल्डी सम्याउने काम सुरु गरेको खजुरा गाउँपालिका २ का वडाअध्यक्ष धनराम ओलीले जानकारी दिए । उनका अनुसार पहिलो चरणमा खाल्डाखुल्डी सम्याउने र दसैँपछि माटो पटान काम गर्ने बताए । सम्झौताअनुसार समयमै निर्माण सम्पन्न गर्ने गरी काम अगाडि बढाउने प्रतिबद्धता गरिएको छ ।

ओलीले भने, ‘ठेक्का भएर पनि समयमै काम सुरु हुनसकेन । यसबाट जनतालाई थप दुःख भोग्नुपरेको छ । जनताको समस्या बुझेर हामीले सम्बन्धित निकायलाई पटक–पटक दबाब दिने काम गरेका छौंँ । शुक्रबारबाट काम सुरु भएको छ ।’ करिब १० किलोमिटर सडक कालोपत्रका लागि कन्काई र गणपति १३ करोड ४३ लाख रुपैयाँमा जिम्मेवारी पाएको थियो । कम्पनीले अघिल्लो वर्ष वैशाख २५ गतेदेखि सडक निर्माण सुरु गरी २०८१ भदौ २५ गते निर्माण सम्पन्न गर्ने गरी सडक डिभिजन कार्यालय नेपालगञ्जसँग सम्झौता गरेको थियो ।

नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले निर्वाचन क्षेत्र रणनीतिक सडक अन्तर्गत आर्थिक वर्ष २०७८/७९ मा बजेट विनियोजन गरी निर्माण सुरु गरेको हो । उक्त सडकलाई बर्दियाको कन्ठपुरहुँदै गुलरिया सडकखण्डमा जोड्ने योजना रहेको छ ।


Read Previous

कास्कीको किम्रोङखोला थुनियो, मोदीखोलामा बाढीको जोखिम

Read Next

‘कहिले बन्छ कालीगण्डकीमा पक्की पुल ?’

Leave a Reply

Your email address will not be published. Required fields are marked *