Nepal Purbadhar

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

धनगढी–दिपायल द्रुतमार्ग कालोपत्र चाँडै


कैलाली । धनगढी–खुटिया–विपीनगर–दीपायल द्रुतमार्ग कालोपत्र हुने भएको छ । सडक कालोपत्रका लागि कैलाली खण्डमा बेसको काम भइरहेको सडक योजना कार्यालयले जनाएको छ । योजना कार्यालयका प्रमुख लक्ष्मण रावलका अनुसार बेसको काम सकिने बित्तिकै उक्त सडक कालोपत्र गर्ने तयारी थालिने छ । गत आर्थिक वर्षमा बजेट अभावका कारण अलपत्र परेको सडक कालोपत्रको काम एक महिनापछि हुने योजना कार्यालयले जनाएको छ ।

धनगढी–खुटिया–विपीनगर–दिपायल द्रुतमार्गको २३ किलोमिटर कालोपत्रका लागि २०७८ वैशाखमा ठेक्का सम्झौता भएको थियो । धनगढी–स्याउले सडकखण्डको १३ दशमलव चार र दिपायल–बाजमोर्ड खण्डको नौ दशमलव चार किलोमिटर सडक कालोपत्रका लागि सम्झौता भएको थियो । कैलालीमा थप साढे छ किलोमिटर र डोटीमा १५ किलोमिटर सडक कालोपत्रका लागि ठेक्का सम्झौता भएको प्रमुख रावलले बताए । उनका अनुसार चार खण्डमा सडक कालोपत्रको काम हुँदैछ । ठेक्का भएका चार सडकको भौतक प्रगति औसतमा ६५ प्रतिशत भएको जनाएको छ ।

डोटीमा छ किलोमिटर कालोपत्र गरिएको छ । डोटीको बाँकी क्षेत्र र कैलाली खण्डमा एक महिनापछि कालोपत्रको काम सुरु हुने छ । द्रुतमार्गको ४३ दशमलव आठ किलोमिटर सडक कालोपत्रका लागि ठेक्का भएकामा ६५ प्रतिशतमात्र काम पूरा भएको छ । धनगढी खण्डमा खड्का–कृष्ण–नारायण–बगलामुखी जेभीसँग वि. सं. २०७८ सालमा पिपलचौताराबाट स्याउलेसम्मको १३ दशमलव चार किलोमिटरमा कालोपत्र गर्न १६ करोड ४० लाख रुपैयाँमा ठेक्का भएको थियो ।

दिपायल खण्डमा आश्रय–प्रशंसा–दुनिला जेभीले सडकको काम गर्दैछ । वि. सं. २०७८ मा ठेक्का सम्झौता गरिएको भए पनि बजेट अभावका कारण सडक निर्माणको काम अलपत्र परेकामा चालु आर्थिक वर्षमा सङ्घीय सरकारले २५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । वि. सं. २०६४ मा खुटिया–दिपायल द्रुतमार्गको औपचारिकरूपमा सर्भे गरी ट्रयाक खोल्न थालिएको थियो । त्यसबेला खुटियाबाट दिपायलसम्म ८२ किलोमिटर सडक सर्भे भएको थियो । पछि पूर्व–पश्चिम राजमार्गबाट धनगढीसम्मको १० किलोमिटर सडक पनि थपेर ९२ किलोमिटरमा काम भइरहेको छ ।


Read Previous

बाढीले अस्थायी पुल र सडकमा क्षति

Read Next

अवरुद्ध पृथ्वीराजमार्ग खुल्यो

Leave a Reply

Your email address will not be published. Required fields are marked *