Nepal Purbadhar

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

ग्रामीण सडक निर्माणले कर्णाली राजमार्गमा क्षति


]जुम्ला । जुम्ला, कालीकोट र मुगुका स्थानीय तहमा भइरहेको ग्रामीण सडक निर्माणले कर्णाली राजमार्गमा क्षति पुगेको छ । पछिल्लो समयमा यहाँका स्थानीय तहमा गाउँगाउँमा जोड्ने ग्रामीण सडक निर्माणको होडबाजीले कर्णाली राजमार्गलाई क्षति पु¥याएको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख दीपेन्द्र बिष्टको भनाइ छ ।

मुख्य राजमार्गलाई ख्यालै नगरी जथाभावी सडक निर्माण गरिँदा वर्षा तथा हिमपातका बेला पहिराले राजमार्गमा क्षति पुर्याएको उनको भनाइ छ । कार्यालय प्रमुख बिष्टले भन्नुभयो, ‘मापदण्ड विपरीत ग्रामीण सडक निर्माणले राजमार्गलाई जोखिममा पारेको छ’, उनले भने, ‘सडक डिभिजन जुम्लाको कार्यक्षेत्रमा पर्ने कालीकोटको शुभकालिका गाउँपालिका, खाँडाचक्र र तिलागुफा नगरपालिका, तिला तातोपानी, चन्दननाथ, हिमा, सिञ्जा र कनकासुन्दरी गाउँपालिका र मुगुमा पर्ने छायानाथ रारा नगरपालिकामा भएक ग्रामीण सडक निर्माणले राजमार्गमा असर पुगेको छ ।’

सार्वजनिक सडक ऐन २०३१ बमोजिम राजमार्गबाट पहुँच सडक बनाउनका लागि स्वीकृति र कार्यालयसँग समन्वय गरी सडक निर्माण गर्न भनी परिपत्र गरिए पनि कुनै स्थानीय तहले कार्यान्वयन नगरेको कार्यालय प्रमुख बिष्टको भनाइ छ । कालीकोटको शुभकालिका गाउँपालिकाले साविक कर्णाली राजमार्गको दहीखोला नजिकैबाट गाउँ जाने सडक बनाएको कारण राजमार्गमा ढुङ्गाहरू खसेर सडकमा क्षति भएको छ । साथै वर्षाको समयमा हिलो राजमार्गको सडकमा आई सडक अवरुद्ध हुने गरेको छ ।

त्यस्तै तिलागुफा नगरपालिकाको फोइमहादेव जाने सडक निर्माणले वर्षाको समयमा माटो र पानीसँगै लेदो बनेर सडकमा खस्ने गरेकाले भीग्ममा वर्षाको समयमा सधैँजसो सडक अवरुद्ध भई हिलो सफा गर्दै यातायात पुनः सञ्चालन गर्नुपर्ने अवस्था आएको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख बिष्टले जानकारी दिए तिला गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाले भने राजमार्गलाई कुनै असर नगरी ग्रामीण सडक निर्माण गरेको दाबी गरे । ‘राजमार्गबाट सडकको ट्र्याक खुलाई गाउँ–गाउँमा सडक निर्माण गरिनु पर्छ । ग्रामीण सडक निर्माण गर्दा राजमार्गलाई विशेष ध्यानमा राखेर काम गरिएको छ’, उनले भने ।


Read Previous

सिँचाइ योजनाले फेरियो मालिकाका किसानको दैनिकी

Read Next

ऊर्जा विकास मार्गचित्र कार्यान्वयनको तयारी गर्न मन्त्री बस्नेतको निर्देशन

Leave a Reply

Your email address will not be published. Required fields are marked *