Nepal Purbadhar

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

रोशीमा ६ खानेपानी आयोजनाकाे सम्झौता


काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकामा सञ्चालित ‘एक घर, एक धारा’ कार्यक्रमअन्तर्गत छ वटा खानेपानी आयोजना सम्झौता गरिएको छ । गाउँपालिका र नेपाल स्वास्थ्यको लागि पानी (नेवा) नामक संस्थाबीच खानेपानी तथा सरसफाइ आयोजनासम्बन्धी द्विपक्षीय सम्झौता भएको हो ।

गाउँपालिका अध्यक्ष दिनेश लामा र नेवा संस्थाका बागमती प्रदेश प्रमुख मैत्रेयी शर्माले सम्झौतापत्रमा हस्ताक्षर गरी सोमबार द्विपक्षीय सम्झौता गरिएको हो । खानेपानी आयोजना गाउँपालिकाको वडा नं. १२ मा दुई, १० नं. वडामा दुई र वडा नं. १ मा दुई गरी छवटा खानेपानी आयोजना सम्झौता भएको अध्यक्ष लामाले बताए ।

ती आयोजनाबाट तीन सय ९८ घरपरिवार, तीन विद्यालय र एक स्वास्थ्य संस्थाका दुई हजार नौ सय ६२ जना लाभान्वित हुने जनाइएको छ । योजनाअनुसार तीनवटा वडामा दुई हजार चार सय ५३ धारा निर्माण हुनेछ । छ वटा खानेपानी आयोजना सम्पन्न गर्न तीन करोड १० लाख २९ हजार आठ सय ६१ रुपैयाँ बजेट अनुमान गरिएको संस्थाले जनाएको छ ।


Read Previous

सुकेटार– काफ्लेपाटी सडकखण्ड कालोपत्रको काम अलपत्र

Read Next

म्याग्दीको मुख्य सडक अवरुद्ध

Leave a Reply

Your email address will not be published. Required fields are marked *