Nepal Purbadhar

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024
इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन ‘साढे २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न बैंकको लगानी २० प्रतिशत पुर्याउने नीति लिइनुपर्छ’ रसुवागढी नाकाबाट ९ महिनामा ४ हजार ७ सय बढी सवारी साधन आयात मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो    १० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै  

बाढी ग्रस्त कागबेनीमा अस्थायी पुल


बागलुङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागखोलामा अस्थायी पुल बनेपछि आवागमन सहज भएको छ । कागखोलामा आएको बाढीले पुल बगाउँदा समस्या भोग्दै आएका स्थानीयले अस्थायी पुल निर्माण गरेर वारपार गर्न थालेका हुन् । वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अन्तर्गतका पाक्लिङ, कागबेनी, तिरी गाउँका स्थानीयले श्रमदान गरेर कालिगण्डकी नदीमा अस्थायी पुल निर्माण गरेका गाउँपालिकाका अध्यक्ष रिङझिङ नाम्गेल गुरुङले जानकारी दिए । यसले कागबेनी–तिरी गाउँ जोड्ने छ ।

कालीगण्डकी नदीमा पानीको बहव घटेपछि स्थानीयले अस्थायी पुल निर्माण गरी वारपार गर्न थालेका अध्यक्ष गुरुङले जानकारी दिए । बाढीले क्षति पुर्‍याएको झण्डै एक महिनापछि कागबेनी–तिरी जोड्ने अस्थायी पुल निर्माण गरिएको हो । पुल तीन गाउँका स्थानीयले श्रमदान गरेर निर्माण गरेको भन्दै आवश्यक बजेट पालिकाले व्यवस्थापन गरेको अध्यक्ष गुरुङले बताए । कागबेनी–तिरी जोड्ने सडकका लागि कालिगण्डकीमा पक्की पुल निर्माण गर्न आवश्यक रहेको भन्दै उनले यसका लागि प्रदेश र केन्द्र सरकारसँग माग गर्ने भनेका छन् । गत साउन २८ गते कागखोलामा आएको बाढीले सिंगो बस्तीसँगै, खानेपानीको मुहान, मोटरेवल पुल, झेलुङ्गे पुल बगाएको थियो ।


Read Previous

असफल योजनाको पहिचान गरी पूर्णता दिन्छौँ: मुख्यमन्त्री पाण्डे

Read Next

मनै लोभ्याउने फुङफुङ्गे झरना

Leave a Reply

Your email address will not be published.