Nepal Purbadhar

बिहिबार, मंसिर ६, २०८१
Thursday, November 21, 2024

बिहिबार, मंसिर ६, २०८१
Thursday, November 21, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

सूर्यविनायक-धुलिखेल सडक विस्तारको काम दसैँ-तिहारपछि गर्न माग


काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार आयोजनअन्तर्गत मुख्य सहर बनेपाका व्यवसायीले दसैँ-तिहारपछि मात्रै काम सुरु गर्न माग गरेका छन् । उक्त सडक विस्तार आयोजनामध्ये बनेपा नगरको साँगादेखि धुलिखेलसम्म हाल तीव्ररुपमा काम भइरहेको छ ।

अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक-धुलिखेल १५ दशमलव ५ किलोमिटर सडकखण्ड सूर्यविनायक-धुलिखेल, धुलिखेल-सिन्धुली-बर्दिबास सडक आयोजनाले हाल चार लेनमा विस्तार थालेको हो । अरनिको राजमार्ग विस्तारबाट व्यावसायिक प्रभावसम्बन्धी बनेपा नगरपालिकामा आयोजित अन्तरक्रियामा व्यवसायीले उक्त माग गरेका हुन् ।

काभ्रे उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजेन्द्र पसछेंले दसैँ तिहारपछि मात्रै बनेपा बजार क्षेत्रमा काम सुरु गर्न सुझाव दिए । ‘तिहारपछि काम सुरु गरेर धेरै जनशक्ति परिचालन गरी छिटो काम सम्पन्न गर्न माग गदैछौँ’, उनले भने । चाडपर्वको मुखैमा राजमार्ग विस्तारकै कारण व्यवसायी पलायन हुन नदिन उहाँले आग्रह गरे ।

यस्तै सङ्घका महासचिव रवीन्द्र वैदारले आर्थिक मन्दीका कारण यस वर्ष व्यवसायी मारमा परेकाले चाडपर्वको समयमा व्यवसायीलाई नलखेट्न सुझाव दिए । उनले देशकै व्यापारिक सहरको परिचय बनाएको बनेपालाई जोगाउन सरोकरवालाको ध्यान जानुपर्ने उनको भनाइ थियो । उनले राजमार्ग विस्तारसँगै ‘लोड-अनलोड’ को समस्या प्रमुख रुपमा देखिने भएकाले आवश्यक भौतिक पूर्वाधारसहित उचित विकल्पबारे सोच्न आवश्यक रहेको बतापए । राजमार्ग विस्तारका क्रममा ढलको उचित प्रबन्ध गर्न, आकाशेपुलको व्यवस्था गर्न, व्यवसायीमैत्री विकास निर्माणका काम गर्न उद्योगी व्यवसायीले सरोकारवालालाई आग्रह गरेका हुन् ।

साँघुरो सडकका कारण वर्षेनी ट्राफिक जाम बढ्दै गएपछि २०७९ फागुनदेखि उक्त सडकखण्ड विस्तार थालिएको हो । राजमार्गअन्तर्गत पहिलो चरणमा साँगादेखि धुलिखेलसम्म आठ दशमलव ४ किमी सडकखण्ड विस्तार कार्यका लागि ४ अर्ब पाँच करोड ६४ लाख तथा दोस्रो चरणमा सुरु भएको सूर्यविनायक-साँगा सडकखण्ड भने ७ दशमलव पाँच किमि विस्तारका लागि ३ अर्ब ८८ करोड ९३ लाख रुपैयाँमा सम्झौता भई काम सुरु गरिएको हो ।

बनेपाका नगर प्रमुख शान्तिरत्न शाक्यले पटक-पटक भएका छलफलबाट आएको निष्कर्षलाई ख्याल गर्नुपर्ने उल्लेख गर्दै कतिपय अवस्थामा व्यावहारिकतालाई पनि ध्यान दिन आयोजनासँग आग्रह गरे । नगर उपप्रमुख विमला शर्माले नागरिकलाई आवतजावत, व्यापार-व्यवसाय गर्न असहज हुनेगरी काम गर्न नहुने तर्क राखिन । उनले करिडोर निर्माण कार्य सम्पन्न गर्न सके होलसेल बजारलाई व्यवस्थित गर्न सकिने बताइन् ।

यसैगरी सूर्यविनायक-धुलिखेल सडक आयोजनाका इञ्जिनीयर माधव पौडेलले आयोजनाबारे जानकारी गराउँदै विस्तारको काम १५ प्रतिशत भौतिक प्रगति भएको जानकारी दिए । उनले रुख कटान कार्य सुरु भएको, विद्युत् पोल हटाउन प्राधिकरणसँग समन्वय भइरहेको उल्लेख गर्दै कामलाई निरन्तरता दिन सकिए समयमै काम सम्पन्न हुने बताए ।


Read Previous

प्रसारण लाइन निर्माणमा देखिएको समस्या सम्बोधन गर्ने सरकारको तयारी

Read Next

पृथ्वी राजमार्गको नौबिसे-मलेखु सडक राति बन्द हुने

Leave a Reply

Your email address will not be published. Required fields are marked *