Nepal Purbadhar

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024
इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन ‘साढे २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न बैंकको लगानी २० प्रतिशत पुर्याउने नीति लिइनुपर्छ’ रसुवागढी नाकाबाट ९ महिनामा ४ हजार ७ सय बढी सवारी साधन आयात मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो    १० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै  

मनाङका मुख्य पर्यटकीय क्षेत्रको अनुगमन


मनाङ । हिमाली जिल्ला मनाङ आउने पर्यटक मौसम सुरु भएको छ । आन्तरिक तथा बाह्य पर्यटक आउने मौसम सुरु भएसँगै प्रमुख पर्यटकीय क्षेत्रको अनुगमन सुरु गरिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना कार्यालय (एक्याप)को समन्वयमा जिल्ला सुरक्षा समितिले अनुगमन सुरु गरेको हो ।
पर्यटक आगमन हुन थालेपछि यात्रा सुरक्षित र सहज होस् भन्ने उद्देश्यले अनुगमन गरिएको प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुङ्गेलले बताए । हिमाली क्षेत्रमा आउँदा लेक लाग्न सक्ने भएकाले पर्यटकले सचेतता अपनाउनुपर्ने उनको भनाई छ ।
“विशेष गरी पर्यटक आउँदा बाटो राम्रो बनाउनुपर्छ भन्ने हेतुले अनुगमन गरिएको हो, एक पटक आएका पर्यटकलाई फेरि पनि लोभ्याउने गरी बाटो सुरक्षित बनाउनु आवश्यक छ, बाटो सुरक्षित तवरबाट पार गर्न सहजीकरण गर्न एक्यापलाई आग्रह गरेका छौँ”, उनले भने, “पर्यटकको स्वास्थ्यमा समस्या आएमा तुरुन्त खबर गर्नका लागि दूरसञ्चार सेवाको सहज पहुँच बनाउन समन्वय गर्नुपर्ने देखिएको छ, यसको प्रवाह सहज बनाउने प्रयासमा छौँ ।”
तिलिचो ताल क्षेत्रबाट प्राकृतिक दृश्यावलोकनका लागि बस्ने स्थान निर्माण गर्नुपर्ने देखिएको पनि उनले बताए । हिमपात नभएको अवस्थामा ढुङ्गा राखे बस्न सकिन्छ भने हिउँ भएको अवस्थामा बस्ने स्थान निर्माण गरी पर्यटकलाई सहज बनाउने ढङ्गले व्यवस्थापन गर्न एक्यापलाई सुझाव दिएको उको भनाई छ । पछिल्लो समय मनाङको थोराङ्ला भञ्ज्याङ, तिलिचो ताल लगायतका महत्वपूर्ण पर्यटकीय स्थलमा आन्तरिक पर्यटकको सङ्ख्या बढेको बताइएको छ ।
“बाटो सहज बनाउनुका साथै टि हाउस व्यवस्थित गर्न एक्याप लागिपरेको छ”, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना कार्यालय (एक्याप) मनाङका प्रमुख ढकबहादुर भुजेलले भने । “हिमाली क्षेत्रमा बाटो देखाउन राखिएका साइनिङ पोल, बोर्ड हावा तथा हिउँले खुइलिने भएकाले कहाँ कस्तो अवस्था छ भन्ने अवलोकन गरेका छौँ, ती बिग्रिएका स्थानमा नयाँ बोर्ड राखेर पर्यटकलाई गन्तव्यमा पुग्न सहज बनाउन लागेका छौँ ।” अझ अगाडि उनले थपे ।

Read Previous

शल्यक्रिया बन्द हुँदा सेवाग्राही हैरान

Read Next

‘मुख्य भन्सार नाकाका रुपमा जलेश्वरको स्तरोन्नति गरिन्छ’

Leave a Reply

Your email address will not be published.