Nepal Purbadhar

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024
इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन ‘साढे २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न बैंकको लगानी २० प्रतिशत पुर्याउने नीति लिइनुपर्छ’ रसुवागढी नाकाबाट ९ महिनामा ४ हजार ७ सय बढी सवारी साधन आयात मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो    १० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै  

चौधरी ग्रुप र अदानी ग्रुपबीच सिमेन्ट व्यवसायका लागि रणनीतिक साझेदारी


काठमाडौं । नेपालको प्रतिष्ठित व्यवसायिक घराना चौधरी ग्रुप र भारतको अदानी ग्रुपबीच दुई देशबीच सिमेन्ट व्यापार अभिवृद्धिका लागि रणनीतिक साझेदारी गर्ने सहमति भएको छ । नेपाल र भारतबीचको गहिरो सम्बन्धलाई अझै सुदृढ गर्दै लैजाने उद्देश्यका साथ यी दुई व्यापारिक घरानाले सिमेन्ट विजनेशमा नयाँ अध्याय शुरू गरेका हुन् । नेपालसँग जोडिएका छिमेकी भारतीय राज्यह रूमा सिमेन्ट आपूर्ति सहज बनाउने उद्देश्यले सो समझदारी भएको हो ।

यो सहमति दुई राष्ट्रबीचको आर्थिक र व्यापारिक सम्बन्धलाई अभिवृद्धि गर्ने चौधरी ग्रुपको उद्देश्यमा एउटा महत्वपूर्ण कोशेढुङ्गा सावित हुने विश्वास चौधरी ग्रुपका प्रबन्ध निर्देशक वरुण चौधरीले व्यक्त गरे । ‘यस रणनीतिक सहकार्यमार्फत हामीआर्थिक वृद्धि र विकासमा सक्रिय रूपले योगदानदिँदै नेपाल–भारत आर्थिक र व्यापारिक सम्बन्धलाई अझ बढी सुदृढ पार्न चाहन्छौँ’ प्रवन्ध निर्देशक चौधरीले भने ।

नेपालमा भएको यस सहमतिले चौधरी ग्रुप र अदानी ग्रुपको सिमेन्ट व्यवसायमा रहेको साझा दृष्टिकोणलाई उजागर गरेको बताइएको छ । यस सहमतिले सकारात्मक प्रभाव पार्ने विश्वास दुवै समुहले लिएका छन् । अदानी समूहसँग व्यवसायिक सहकार्य गर्ने अवसरका लागि प्रबन्ध निर्देशक चौधरीले धन्यवाद दिएका छन् । यस रणनीतिक साझेदारीलाई सफल बनाउन नेतृत्व दिई भूमिका खेलेको भन्दै उनले अदानी ग्रुपका चेयरपर्सन गौतम अदानीलाई आभार पनि व्यक्त गरेका छन् ।


Read Previous

व्यवस्थित सहरी बस्ती विकास गर्न आग्रह

Read Next

स्थानीयको माग सम्बोधन गरेरै लप्सीफेदीको सबस्टेसन निर्माण गर्छौः ऊर्जामन्त्री

Leave a Reply

Your email address will not be published.