Nepal Purbadhar

शुक्रबार, बैशाख २८, २०८१
Friday, May 10, 2024

शुक्रबार, बैशाख २८, २०८१
Friday, May 10, 2024

खाँदबारीमा क्याम्पस भवन उद्घाटन


खाँदबारी । भारत सरकारको सहयोगमा निर्मित सङ्खुवासभाको खाँदबारी नगरपालिकास्थित हिमालय किरण पब्लिक क्याम्पस भवनको उद्घाटन गरिएको छ । परराष्ट्रमन्त्री एनपी साउद र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले बुधबार संयुक्तरूपमा सो भवनको उद्घाटन गरेका हुन् ।

नेपाल–भारत विकास सहयोगअन्तर्गत तीन अर्ब ७४ करोड रुपैयाँको लागतमा सो भवन निर्माण गरिएको हो । तीन तले भवनमा कक्षा कोठा, विज्ञान प्रयोगशाला, कम्प्युटर, पुस्तकालय, बैठक हललगायतको व्यवस्था छ । क्याम्पसमा हाल छ सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । अध्ययन गर्नेमा ६० प्रतिशत छात्रा छन् ।


Read Previous

नेपालको विद्युत प्रणालीमा खुला पहुँचको सम्भावना र चुनौती

Read Next

नवलपुरमा सवारीसाधन स्क्यानर राखिने

Leave a Reply

Your email address will not be published.