Nepal Purbadhar

आइतवार, मंसिर ९, २०८१
Sunday, November 24, 2024

आइतवार, मंसिर ९, २०८१
Sunday, November 24, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

ऊर्जा मन्त्री बस्नेतसँग बेलायतका राजदूतको शिष्टाचार भेट


काठमाडौ‌ं ।  ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतसँग नेपालका लागि बेलायतका राजदूत रोब फेनले शिष्टाचार भेटवार्ता गरेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा बुधबार भएको भेटवार्तामा द्विपक्षीय हित र चासोका विविध विषयमा छलफल भएको हाे ।

भेटका अवसरमा मन्त्री बस्नेतले नेपाल र बेलायतबीच पूरानो कुटनीतिक एवम् मैत्रीपूर्ण सम्बन्ध रहेको र त्यसलाई थप विस्तार गर्ने बताए । सरकारले ऊर्जा क्षेत्रको विकासका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन सोचकासाथ काम अगाडि बढाएको उल्लेख गर्दै उनले त्यसमा बेलायत सरकारको साथ र सहयोग आवश्यक रहेको बताए ।

नेपालको विकास निर्माणमा बेलायत सरकारले लामो समयदेखि गर्दै आएको सहयोगप्रति धन्यवाद दिँदै मन्त्री बस्नेतले आगामी दिनमा थप क्षेत्रमा सहकार्य गर्ने उल्लेख गरे । ग्रीन हाउस ग्यास उत्सर्जनमा नेपालको भूमिका न्यून भएपनि जलवायु परिवर्तनका कारण नेपाल जस्ता देशले ठूलो समस्या भोग्नुपरेको स्पष्ट पार्दै त्यसबाट जोगिनका लागि अनुकूलनका उपायहरुको खोजी गरिरहेको पनि उनले बताए ।

सो अवसरमा द्विपक्षीय हित र चासोका विविध विषयमा समेत महत्त्वपूर्ण छलफल भएको मन्त्री बस्नेतको सचिवालयले जनाएको छ । बेलायती राजदूत रोब फेनले पछिल्ला दिनमा नेपालले ऊर्जा क्षेत्रमा उल्लेख्य सफलता प्राप्त गरेको भन्दै थप सहकार्यका बारेमा नेपाल सरकारसँग मिलेर काम गर्न तयार रहेको बताए ।

उनले नेपाल र बेलायतबीच लामो समयदेखि द्विपक्षीय मैत्री सम्बन्ध रहेको उल्लेख गर्दै एक अर्काको समान चासोलाई सम्मान गर्दै अगाडि बढ्ने बताए । भेटमा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेलगायतको सहभागिता थियो ।

यस्तै, ऊर्जा मन्त्री बस्नेतसँग बुधबार नै चिनियाँ एक्जिम बैंकका प्रतिनिधि झाओ लियाङ (Zhao Liang)ले शिष्टाचार भेटवार्ता गरेका छन् । उनीसँगकाे भेटमा पनि ऊर्जामन्त्री बस्नेतले नेपालको ऊर्जा क्षेत्रको विकासका लागि चीन सरकार र चिनियाँ पक्षले उपलब्ध गराएको सहयोगप्रति धन्यवाद दिए । सो अवसरमा आगामी दिनमा नेपालको ऊर्जा क्षेत्रको विकासका लागि थप सहयोग विस्तार लगायतका विषयमा छलफल भएको थियो ।


Read Previous

सेनाले निर्माण गरिरहेका सडक आयोजनाको प्रगति सन्तोषजनक नभएपछि स्थलगत अवलोकन गर्दै पूर्वाधार मन्त्री

Read Next

शय्या अभावका कारण बिरामीलाई भूइँमै राखेर उपचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *