Nepal Purbadhar

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

राष्ट्रिय लोकमार्गको दुरावस्था


बागलुङ । सडक छेउमा रहेका घरका भित्तामा हिलो टाँसिएको छ । दैनिक सयौँ गाडी ओहोरदोहोर गर्दा हिलाम्मे सडकमा पैदल यात्रा गर्न निकै सकस हुन्छ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङ–घोडाबाँधे सडकको अवस्था जोखिमयुक्त र हिलाम्मे हुँदा यात्रु र स्थानीयले सास्ती खेप्दै आएका छन् ।

यहाँका स्थानीय साढे दुई दशकदेखि यही सडक भएर आवतजावत गर्न बाध्य छन् । बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने यो सडक कालोपत्रका लागि आठ वर्ष अगाडि ठेक्का सम्झौता भएको थियो । २५ किलोमिटर सडक कालोपत्र गर्नका लागि मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतले दुई खण्ड बनाएर ठेक्का लगाएको थियो । बागलुङ बजारदेखि काठेखोलाको ताराखसेसम्म १३ किलोमिटर भारत कन्स्ट्रक्सन सिद्धिसाई जेवीसँग वि. सं. २०७३ माघमा सम्झौता गरेको थियो भने ताराखसेदेखि घोडाबाँधेसम्मको १२ किलोमिटर कालोपत्रका लागि एमपिएससिएफ इसिसी जेभीसँग विसं २०७२ माघमा सम्झौता भएको थियो ।

बागलुङ–ताराखसे खण्ड वि. सं. २०७६ माघसम्म निर्माण सम्पन्न गरिसक्नु पर्नेमा हालसम्म चार पटक म्याद थप गर्दा पनि ७२ प्रतिशत भौतिक प्रगति भएको लोकमार्ग कार्यालय पर्वतले जनाएको छ । यसको म्याद गत असार २० मा सकिएको थियो । त्यस्तै, ताराखसे–घोडाबाँधे खण्ड पाँच वर्षअगाडि नै सक्नुपर्नेमा पाँचौँ पटक म्याद थप गर्दा पनि ७४ प्रतिशत भौतिक प्रगति भएको कार्यालयका इन्जिनियर पवन सुवेदीले जानकारी दिए । उनका अनुसार यस खण्डको म्याद गत असार ५ गते सकिएको हो ।

बागलुङ–ताराखसे खण्ड निर्माणका लागि ४० करोड रुपैयाँमा सम्झौता भएको थियो भने ताराखसे–घोडाबाँधे खण्डका लागि ३४ करोड रुपैयाँमा सम्झौता भएको इन्जिनियर सुवेदीले बताए। आयोजना कार्यालयले पटक–पटक म्याद थप गर्दा पनि काम सम्पन्न नभएपछि गत असार १० गते ठेक्का सम्झौता अन्त्य गरेको जनाएको छ । ठेक्का सम्झौता अन्त्य भए पनि अहिलेसम्म नयाँ ठेक्का प्रक्रिया अगाडि बढ्न नसकेको बताइएको छ । नयाँ ठेक्का प्रक्रिया सुरु गर्ने तयारी गरिएको सुवेदीले भनेका छन् ।

“माथिल्लो खण्डको काम निर्माण कम्पनीले ढिला सुस्ती गरेकाले कार्यालयले पत्रिकामा सूचना निकालेर सम्झौता रद्द गरेको छ । सम्झौता रद्द गरेपछि निर्माण कम्पनीले उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको थियो । हामी गएर जफाफ दियौँ, अदालतले स्टेअडर दिएन,” इन्जिनियर सुवेदीले भने, “अब कामको मूल्याङ्कन गरेर नयाँ ठेक्का सम्झौता गर्नुपर्ने हुन्छ, त्यसका लागि लाग्ने सबै लागत पुरानै निर्माण कम्पनीले असुल गर्नुपर्ने हुन्छ । अहिले मूल्याङ्कन गर्ने र कम्पनीलाई लाग्ने लागत असुली गर्ने प्रक्रिया सुरु भएको छ ।”

लामो समयसम्म निर्माण कम्पनीले काम नगरेपछि काठेखोला स्थानीयवासीले सडक नै अवरुद्ध गरेका थिए । सडक अवरुद्ध गरेपछि लोकमार्ग कार्यालयले ठेक्का रद्द गर्ने स्थितिमा पुगेको अनि यस खण्डअन्तर्गत छ किलोमिटर सडक कालोपत्र भइसकेकोपनि सुवदीले बताए । थप दुई किलोमिटर कालोपत्रका लागि तयारी अवस्थामा रहेको जनाउँदै चार किलोमिटर ग्राभेलको काम र दुई किलोमिटर नाली निर्माण गर्न बाँकी रहेको उनी बताउँछन् ।


Read Previous

विद्युत् प्रसारण आयोजनाका लागि जग्गा अधिग्रहण प्रक्रिया सुरु

Read Next

सेनाले निर्माण गरिरहेका सडक आयोजनाको प्रगति सन्तोषजनक नभएपछि स्थलगत अवलोकन गर्दै पूर्वाधार मन्त्री

Leave a Reply

Your email address will not be published. Required fields are marked *