Nepal Purbadhar

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

गोसाइँकुण्डमा टेलिफोन सेवा पुनःसञ्चालन


रसुवा । रसुवाको पवित्र तीर्थ गोसाइँकुण्डमा मोबाइल सेवा सञ्चालन भएको छ । गोसाइँकुण्डमा पुग्ने भक्तजन र पर्यटकका लागि केन्द्रित गरी नेपाल टेलिकमले भिस्याट प्रविधिबाट मोबाइल सेवा सञ्चालनमा ल्याएको हो । नेपाल टेलिकम रसुवा शाखाका निमित्त प्रमुख एविन खत्रीका अनुसार नेपाल टेलिकम स्याटलाइट विभागमार्फत प्राप्त टु जि प्रविधिको उपकरण जडान गरी गोसाइँकुण्डमा मोबाइल सञ्चालनमा ल्याएको हो ।

समुद्र सतहदेखि १४ हजार एक सय फिटको उचाइमा उपकरण पु¥याउन टेलिकमलाई असहज भइराखेको अवस्थामा गोसाइँकुण्ड मेलालाई केन्द्रित गरी प्रतिनिधिसभा सदस्य इञ्जिनियर मोहन आचार्यले उहाँको निजी खर्चबाट एक टनभन्दा बढी परिमाणको ती उपकरण ढुवानी गरी जनहितमा सहयोग गरेका थिए । अबका दिनमा तीर्थ जाँदा बिरामी परे हेलिकप्टर वा अन्य स्थानबाट मानवीय सहयोग माग्न सहज भएको छ ।

गोसाइँकुण्डमा उपलब्ध मोबाइल सेवाबाट एक साथ ५० जनाले कुरा गर्न सक्ने बताइएको छ । सांसद आचार्यमार्फत गोसाइँकुण्डमा सामान ढुवानी हुँदासाथ आठ प्राविधिकले जडान गरेको र मेला अवधिका लागि भने जेनेरेटरबाट ब्याट्री चार्ज हुने जनाइएको छ । यही भदौ १० गते अपराह्नदेखि जडान सम्पन्न उपकरणले निर्बाध सेवा दिन थालेको प्राविधिकले जनाएका छन् ।


Read Previous

क्यान्सर अस्पतालका सम्पूर्ण शय्या निःशुल्क

Read Next

नौमुरे जलविद्युत् आयोजनाको १७ प्रतिशत रकम मात्र खर्च

Leave a Reply

Your email address will not be published. Required fields are marked *