Nepal Purbadhar

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

सडक सञ्जालबाट जोडियो मङ्गला र ताराखोला


म्याग्दी । म्याग्दीको मङ्गला र बागलुङको ताराखोला गाउँपालिका सडक सञ्जालबाट जोडिएका छन् ।

गण्डकी प्रदेश सरकार र मङ्गला गाउँपालिकाको सहयोगमा उपभोक्ता समितिमार्फत म्याग्दीको मङ्गला–३ बरङ्जा, वडा नं ४ को महेश, धापुङ हुँदै ताराखोला गाउँपालिकाको सिर्खु जोड्ने सडक निर्माण भएको हो ।

सडक निर्माण भएपछि म्याग्दीको सिङ्गा तातोपानीबाट ताराखोला गाउँपालिकाको केन्द्र भातखानेडाँडा दुई घन्टामै पुग्न सकिने भएको मङ्गला–४ धापुङका उमेश विश्वकर्माले बताए । ‘यसअघि मङ्गलाको अर्मन–किमचौर हुँदै ताराखोला पुग्न चार घन्टा लाग्ने गरेको थियो’, उनले भने, ‘बीस किलोमिटर दूरीको सडक निर्माण भएपछि तातोपानीबाट दुई घन्टामै ताराखोला पुग्न सकिने भएको छ ।’

ताराखोलाका बासिन्दालाई बागलुङको सदरमुकाम पुग्न पनि यो सडक छोटो र छिटो भएको छ । दुई पालिकाका करिब १ हजार घरधुरी यो सडकबाट प्रत्यक्ष लाभान्वित भएका छन् । आवतजावत, निर्माण सामग्री ढुवानी र कृषि उपज निकासीका साथै अस्पताल पुग्न छिटो र सहज भएको धापुङका मनबहादुर थजालीले बताए ।

सडकमा जिप, ट्र्याक्टर र मोटरसाइकल सञ्चालन हुन थालेका छन् । तातोपानीबाट सिर्खुसम्मको सडक निर्माणमा चालु आर्थिक वर्षमा मङ्गला गाउँपालिका र गण्डकी प्रदेश सरकार भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास कार्यालयले तीनवटा खण्डमा आयोजना सञ्चालन गरेका थिए ।

चालु आर्थिक वर्षमा प्रदेश सरकारको १० लाख र मङ्गला गाउँपालिकाको  १४ लाख रूपैयाँ अनुदानमा धापुङ–गुन्थाने–सिर्खु खण्डको दुई किलोमिटर पाँच सय मिटर मार्ग खोलिएको छ । न्यूखोला–एक्लेचिहान–महेश–धापुङ सडकअन्तर्गत करिब तीन सय मिटर भिरमा मार्ग खोल्न यस वर्ष प्रदेश सरकारको  १० लाख र गाउँपाकिलाको रु १० लाख रूपैयाँ लगानी भएको छ ।

प्रदेश सरकारबाट सडक स्तरोन्नतिका लागि थप १० लाख लगानी भएको उपभोक्ता समितिले जनाएको छ । यसैगरी पखेर–जल्केनी–टुनीडाँडा हुँदै महेश जोड्ने तीन किलोमिटर सडकको मार्ग निर्माण गर्न प्रदेश सरकारबाट २५ लाख  रूपैयाँ लगानी भएको छ ।

यस आयोजनाका लागि म्याग्दी क्षेत्र (२) बाट निर्वाचित प्रदेशसभा सदस्यसमेत रहनुभएका गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीको सिफारिसमा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमबाट रु १५ लाख थपिएको छ । रासस


Read Previous

२ दिने ह्वावे एमएनसी डिजिटल नेपाल कन्क्लेभमा १५ बढी सेसनमा ७० बढी वक्ताहरु

Read Next

गण्डकी प्रदेश बजेटकाे ३३ प्रतिशत रकम सडक र पुलमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *