Nepal Purbadhar

वातावरण दिवसको अवसरमा विद्युतीय सवारी साधन र्‍याली गरिने


काठमाडौं । विश्व वातावरण दिवसको अवसरमा सोमबार विद्युतीय सवारी साधन ‍‌र्‍यालीको आयोजना गरिने भएको छ । भविश्यको तयारीका लागि विद्युतीय सवारी प्रवर्द्धन गर्ने उद्देश्यले विद्युतीय परिवहन निर्माता तथा आयात संघ,नेपाल र वन तथा वातावरण मन्त्रालय मातहतको वातावरण विभागको संयुक्त आयोजनामा र्‍याली गर्न लागिएको हो ।

वन तथा वातावरण मन्त्री डा. वीरेन्द्रप्रसाद महतोको प्रमुख आतिथ्यमा बिहान ७ बजेदेखि विद्युतीय सवारी साधन र्‍याली सुरु गरिने आयोजकले जनाएको छ । आयोजकका अनुसार भृकुटीमण्डपबाट सुरु हुने र्‍याली शहिदगेट, त्रिपुरेश्वर, थापाथली, माइतीघर, नयाँ बानेश्वर चोक, तिनकुने, एयरपोर्ट, गौशाला, चाबहिल, नारायण गोपाल चोक, पानी पोखरी, लाजिम्पाट, जमल, घन्टाघर हुँदै पुनः भृकुटीमण्डपमा आइपुगेर समापन हुनेछ ।

यो वर्षको वातावरण दिवसको नारा ‘प्लाष्टिकजन्य प्रदुषण निर्मुल पारौंः वातावरण मैत्री विकल्पको उपयोग गरौं’ भन्ने रहेको छ ।

Facebook Comments

Read Previous

ऊर्जा क्षेत्रको सकारात्मक परिवर्तनका लागि इपान अध्यक्षमा मेरो उमेद्वारीः किरण मल्ल

Read Next

सेती नदी जलविद्युत आयोजनाकाे निर्माण अन्तिम चरणमा,मंसिरमा विद्युत उत्पादन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar