Nepal Purbadhar

शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024

शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024
भैरहवा नाकाबाट आयात हुने पेट्रोलियम पदार्थको परिमाण घट्यो २०० मेगावाटसम्मको जलविद्युत आयोजना खोज्दै नेको इन्स्योरेन्स,अनुमतिपत्र बिक्री गर्न इच्छुकबाट आशयपत्र माग ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ अभियानमा ग्लोबल आइएमई बैंकको प्रतिबद्धता,वातावरणमैत्री दिगो अभ्यासकाे अनुशरण गर्ने नागरिक लगानी कोषले पाल्पा सिमेन्ट उद्योगको सेयर प्रत्याभूति गर्ने तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम

चिनियाँ राजदूतसँग विकास सहायता र थप सीमा नाका खुलाउनेबारे छलफल


काठमाडाैं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालसँग चिनियाँ राजदूत चेन सङ्ले शिष्टाचार भेटवार्ता गरेका छन् । मन्त्रालयमा सोमबार भएको शिष्टाचार भेटवार्तामा द्विपक्षीय सम्बन्ध, विकास सहायता र सीमा नाका खुलाउने विषयलगायत विविध विषयमा कुराकानी भएको थियो ।

भेटमा मन्त्री रिजालले नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउनका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको जनाउँदै चिनियाँ राजदूत चेन सङ्को प्रशंसा गरे ।  आगामी दिनहरूमा पनि द्विपक्षीय सम्बन्ध थप सुदृढ हुँदै जानेमा आफु विश्वस्त रहेकोसमेत मन्त्री रिजालले स्पष्ट पारे ।

भेटका क्रममा मन्त्री रिजालले दुई देशबीचको सम्बन्ध विशेष एवं उच्च महत्व रहेको बताए । चीनविरूद्ध नेपाली भूमि प्रयोग हुन नदिने कुराप्रति प्रतिबद्धता जनाउँदै उनले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्थिरता तथा राष्ट्रिय स्वाधिनताको सम्मानका लागि चीन सदैव अडिग रहेको प्रति नेपालको उच्च सम्मान रहेको बताए ।

चीन नेपालको दोस्रो ठूलो व्यापार साझेदार मुलुक रहेको जनाउँदै मन्त्री रिजालले नेपालको कुल वैदेशिक व्यापारको १४ प्रतिशत व्यापार चीनसँग हुने गरेको स्पष्ट पारे । चीनसँगको व्यापारमा नेपालले ठूलो व्यापार घाटा व्यहोरिरहेको स्पष्ट पार्दै मन्त्री रिजालले उक्त व्यापार घाटालाई कम गर्नका निमित्त राजदूत चेन सङ्को कार्यकालमा दुई देशबीच सहकार्य हुनेमा विश्वास व्यक्त गरे ।

मन्त्री रिजालले चिनियाँ राजदूत चेन सङ्लाई नेपाल र चीनबीचको व्यापार सहजीकरण गर्न दुई देशका बीच रहेको विभिन्न संयन्त्रहरूको स्मरणसमेत गराए । पारवाहन ढुवानी सम्झौताको कार्यान्वयनका लागि स्थापित संयुक्त परामर्श संयन्त्रको बैठकसमेत बस्न नसकेको बताउँदै उनले काठमाडौँ र बेइजिङबीच स्थापित उक्त संयन्त्रहरूको बैठक यथाशीघ्र बसी द्विपक्षीय तथा पारवहन व्यापार प्रवर्द्धन तथा सहजीकरण गर्न आग्रह गरे ।

तातोपानी, रसुवा तथा हिल्सा नाका पुनः खुलेर पूर्ण रूपमा सञ्चालनमा आएकामा खुसी व्यक्त गर्दै मन्त्री रिजालले थप नाका पनि चाँडै सञ्चालनमा ल्याउन पहल गरिदिन आग्रह गरे । मन्त्री रिजालले नेचुङ–लिजी, किमाथाङ्का, ओलाङचुङ्गोला लगायतका सीमा नाकासमेत खोल्नेतर्फ चिनियाँ राजदूत सङ्को ध्यानाकर्षण गराए ।

नेपालको विकासका लागि चीनको सहयोग र सहकार्यप्रति आभार व्यक्त उनले आगामी दिनमा चीनले अझ बढी विकास सहायता र प्रत्यक्ष वैदेशिक लगानी उपलब्ध गराउने कुरामा आफू विश्वस्त रहेको बताए ।

भेटमा चिनियाँ राजदूत सङ्ले नेपालले सधैँ एक चीन नीतिको समर्थन गर्दै आएकामा धन्यवाद दिए । द्विपक्षीय सम्बन्ध थप सुदृढ हुँदै जानेमा आफू पनि विश्वस्त रहेको जनाउनुहुँदै उनले विकास सहायता र प्रत्यक्ष वैदेशिक लगानी उपलब्ध गराउने कुरामा चीन सकारात्मक रहेको बताए । रासस


Read Previous

महानगरले हटायो सिहंदरबार अगाडिका अवैध संरचना

Read Next

राष्ट्रिय प्रशारणमा जोडिँदै ५३ किलोवाट विद्युत्

Leave a Reply

Your email address will not be published.