Nepal Purbadhar

बुधबार, जेष्ठ २, २०८१
Wednesday, May 15, 2024

बुधबार, जेष्ठ २, २०८१
Wednesday, May 15, 2024
एनसेलले ल्यायो २८ दिनकाे मोबाइल डाटा ‘सधैं अन’ योजना, प्याक सकिएपनि ब्यासेन्स नकाटिने ठेक्का सम्झौता भएको २७ महिनापछि बल्ल राहुघाट सबस्टेसनकाे निर्माण सुरु    तनहुँ जलविद्युत आयोजनाको ५५ प्रतिशत निर्माण पूरा विष्णुमति करिडोर मिचेर निर्माण गरिएको संरचना भत्काइयो    पुल्चोक-गोन्द्राङ ६ लेन सडकखण्डकाे निर्माण अन्तिम चरणमा    सिँचाइका लागि जडान गरिएका ८ वटा ‘डिपट्युवेल’ का ‘ट्रान्सफर्मर’ चोरी    पश्मिना निर्यात निर्देशिका सार्वजनिक, साना र मझौला उद्यमीकाे व्यापार सहज हुने सरकारकाे नीति तथा कार्यक्रमः थप १५ हजार हेक्टर कृषियोग्य भूमिमा सिँचाइ सुविधा पुर्याइने   

मधेश प्रदेशकाे प्रतिव्यक्ति आय सबैभन्दा न्यून


काठमाडाैं । प्रादेशिक लेखाअनुमान प्रतिवेदनअनुसार प्रतिव्यक्ति आयमा बागमती प्रदेश सबैभन्दा अघि देखिएको छ भने  मधेश प्रदेशको सबैभन्दा कम देखिएको छ ।

बागमतीमा प्रतिव्यक्ति आय अमेरिकी डलर २ हजार ९७ बराबर छ । त्यस्तै, गण्डकीमा प्रतिव्यक्ति आयअमेरिकी डलर १ हजार ४९२, कोशीको अमेरिकी डलर १ हजार २९९, लुम्बिनीको अमेरिकी डलर १ हजार १२६, सुदूरपश्चिमको अमेरिकी डलर १ हजार ६३ र कर्णालीको अमेरिकी डलर ९९७ रहेको छ ।

मधेश प्रदेशको प्रतिव्यक्ति आय अन्य प्रदेशको तुलनामा सबैभन्दा कम अमेरिकी डलर ८७५ डलर बराबर छ । नेपालको प्रतिव्यक्ति आय अमेरिकी डलर १ हजार ३९९ अर्थात १ लाख ८२ हजार ६८३  रूपैयाँ बराबर पुगेको छ । आर्थिक वर्ष २०७९/८० को वार्षिक राष्ट्रिय लेखा तथ्याङ्कसम्बन्धी विवरणअनुसार प्रतिव्यक्ति कूल गार्हस्थ उत्पादन अमेरिकी डलर १ हजार ३९९ र प्रतिव्यक्ति कूल राष्ट्रिय उत्पादन अमेरिकी डलर १ हजार ४१० बराबर छ ।

जिडिपी अनुपातमा नेपालको कुल स्थिर पुँजी निर्माण (ग्रस फिक्स्ड क्यापिटल फर्मेसन) २५ दशमलव २१ प्रतिशत अर्थात्  १३ खर्ब ५६ अर्ब ४६ करोड बराबर पुग्ने प्रक्षेपण गरिएको छ ।

त्यस्तै, अन्तिम उपभोग खर्च (फाइनल कन्जम्सन एक्सेन्डिचर) जीडीपी अनुपातको ९३ दशमलव ५९ प्रतिशत बराबर रहने अनुमान गरिएको छ । जुन ५० खर्ब ३६ अर्ब १५ करोड बराबर हो । जिडिपी अनुपातमा नेपालको वस्तु तथा सेवा निर्यातको हिस्सा ७ दशमलव १५ प्रतिशत बराबर छ । यसवर्ष ३ खर्ब ८५ अर्ब ११ करोड रूपैयाँ बराबरकाे वस्तु तथा सेवा निर्यात गरिने अनुमान गरिएको छ ।

जिडिपी अनुपातमा वस्तु तथा सेवाको आयात भने ३६.५ प्रतिशत बराबर छ । नेपालले यसवर्ष  १९ खर्ब ६४ अर्ब ३३ करोड बराबर आयात गर्ने ठानिएको छ । त्यसैगरी, चालु मूल्यमा राष्ट्रिय बचत (ग्रस नेसनल सेभिङ) कुल गार्हस्थ्य उत्पादनको ३१ दशमलव ६६ प्रतिशत बराबर छ । जीडीपीमा विप्रेषणको अनुपात २२ दशमलव ८९ प्रतिशत बराबर हुने अनुमान गरिएको छ ।

चालु आर्थिक वर्षको जिडिपीमा सबैभन्दा बढी हिस्सा कृषि क्षेत्रको रहने अनुमान गरिएको छ । गत आर्थिक वर्षमा कृषि क्षेत्रले जिडिपीमा २४ दशमलव ६७ प्रतिशत बराबर हिस्सा ओगटेकोमा यसवर्ष त्यो घटेर २४ दशमलव १२ प्रतिशत बराबर हुने प्रक्षेपण गरिएको छ । तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्षको पछिल्लो नौ महिना अवधिको तथ्याङ्क विश्लेषण गरेर वार्षिक अनुमान सार्वजनिक गरेको हो ।


Read Previous

अन्तरप्रदेश सार्वजनिक यातायातको भाडा १ सयमा ३ रूपैयाँ २० पैसाले घट्याे (सूचीसहित)

Read Next

घोराही–तुलसीपुर चारलेन सडकको ठेक्का तोडिएपछि मर्मत गर्न बजेट

Leave a Reply

Your email address will not be published.