Nepal Purbadhar

मङ्लबार, बैशाख २५, २०८१
Tuesday, May 7, 2024

मङ्लबार, बैशाख २५, २०८१
Tuesday, May 7, 2024
बागलुङको विकट गाउँ रमुवामा पुग्यो केन्द्रीय प्रसारण लाइनकाे विद्युत केयुले साधारणीकरण सञ्चार-ढाँचाको २ दशक विषयक अन्तर्राष्ट्रिय सङ्गोष्ठी आयोजना गर्ने नारायणगढ-बुटवल सडक कालोपत्र गर्न नेपालकै ठूलो ‘हटमिक्स प्लान्ट’ जडान पहुँचमार्ग जीर्ण हुँदा राहुघाट र सहायक नदीमा निर्माणाधीन जलविद्युत आयोजनालाई समस्या    सामाजिक उत्तरदायित्व अन्तर्गतकाे रकम भुक्तानी नहुँदा मध्यभोटेकोशीको काम प्रभावित विद्युत नियमन आयोग स्थापनाको ५ वर्ष, १ हजार बढी निवेदन उपर कारबाही ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता हरिचोक-याम्दी सडक समयमा नबन्दा हिलो र धुलोले यात्रुलाई सास्ती   

राहुघाट आयोजनाको भर्टिकल साफ्ट सुरुङ पूरा, ५५ प्रतिशत भौतिक प्रगति


काठमाडौं । म्याग्दीमा निर्माणाधीन ४० मेगावाटको राहुघाट जलविद्युत आयोजनाको भर्टिकल साफ्ट (ठाडो) सुरुङ पूरा भएको छ । नेपाल विद्युत प्राधिकरणको सहायक रघुगंगा हाइड्रो पावर लिमिटेडले निर्माण गरिरहेको यो आयोजनाको १९६ मिटर लामो भर्टिकल साफ्ट सुरुङ सोमबार बिहान खनेर सकिएको हो ।

बिहान करिब साढे १० बजे ९० डिग्री आकारको भर्टिकल साफ्ट सुरुङ छेडिएको आयोजनाका जियोलोजिष्ट नविन वस्तीले बताए । ‘कमजोर भौगोलिक अवस्थाका कारण भर्टिकल सुरुङको काममा धेरै कठिनाइहरू आए,’ उनले भने,‘त्यो सबै पार लगाउँदै पूरा गर्न सफल भएका छौं ।’ उनका अनुसार खन्न सुरु गरेको करिब ४ महिनामा भर्टिकल सुरुङ छेडिएको हो ।

भर्टिकल साफ्ट सुरुङ छेडिएसँगै सिभिलतर्पm करिब ५५ प्रतिशत निर्माण सम्पन्न भएको आयोजना प्रमुख राजबहादुर विष्टले बताए । उनका अनुसार आयोजनाको बाँध क्षेत्रको निर्माण ४० प्रतिशत सकिएको छ ।

तश्विरः नविन वस्ती

यस्तै, आयोजनाको मुख्य सुरुङको निर्माण पनि ६० प्रतिशत बढी सम्पन्न भइसके पनि उनले जानकारी दिए । ६.२७० किलोमिटर मुख्य लामो सुरुङमध्ये ४.३३४ किलोमिटर पूरा भइसकेको छ । बाँकी १.९ किलोमिटर सुरुङ खन्ने काम सम्पन्न गर्न थप एक वर्ष समय लाग्ने विष्टले बताए । विद्युतगृहको निर्माण पनि तीव्र गतिमा भइरहेको छ ।

१ हजार मिटर लामो पेनस्टक सुरुङ अब १८६ मिटर खन्न बाँकी छ । विद्युतगृहमा इलेक्ट्रोमेकानिकलतर्फको काम गर्न ठेकेदार परिचालन भइसकेको पनि आयोजनाले जनाएको छ ।

तश्विरः नविन वस्ती

ठेकेदारको कमजोर कार्य सम्पादनका कारण लामो समयसम्म निर्माण सुस्त बनेको आयोजना पछिल्लो समय जनशक्ति, उपकरण र स्रोतसाधन परिचालनमा जोड दिएपछि तीव्र गतिमा अगाडि बढाइएको छ । आयोजना सम्पन्न गर्न ९ अर्ब १५ करोड रुपैयाँ लागत अनुमान गरिएको छ ।

पछिल्लो तालिका अनुसार आयोजनाबाट २०८० साल साउनदेखि विद्युत उत्पादन गर्ने उल्लेख छ । तर, आयोजनाको आधा काम बाँकी रहेकाले यो मितिमा विद्युत उत्पादन गर्न सम्भव देखिँदैन ।

आयोजना निर्माण सम्पन्न भई सञ्चालनमा आउन अझै २ वर्ष लाग्ने विष्टले बताए । कोभिड–१९ महामारी, ठेकेदारको कमजोर कार्य सम्पादन, आयोजना पहिरोको उच्च जोखिम रहेको क्षेत्रमा पर्ने हुँदा विविध कारणले निर्धारित लक्ष्यभन्दा ढिलो हुने अवस्था आएको उनको भनाइ छ ।

सुरुमा आयोजना ३२ मेगावाटमा निर्माण गर्न भारतीय ठेकेदार आइभिआरसिएलसँग पहिलो पटक २०६७ कात्तिक १८ गते आयोजनाको ठेक्का सम्झौता भएकोमा उसले काम गर्न नसकेपछि २०७२ असार ३ गते ठेक्का सम्झौता रद्द गरी नयाँ प्रक्रिया सुरु गरिएको थियो ।


Read Previous

‘प्रतिवद्धता गरिएका ४ हजार मेगावाट जलविद्युत परियोजनामा लगानी हुनेमा विश्वस्त छौं’

Read Next

भोलीदेखि २ दिने ऊर्जा सम्मेलन काठमाडौंमा शुरु हुँदै, तयारी पूरा भएको आयोजकको भनाइ

Leave a Reply

Your email address will not be published.