Nepal Purbadhar

आइतवार, जेष्ठ ६, २०८१
Sunday, May 19, 2024

आइतवार, जेष्ठ ६, २०८१
Sunday, May 19, 2024
इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन ‘साढे २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न बैंकको लगानी २० प्रतिशत पुर्याउने नीति लिइनुपर्छ’ रसुवागढी नाकाबाट ९ महिनामा ४ हजार ७ सय बढी सवारी साधन आयात मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो    १० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै  

नागरिक लगानी कोषकाे प्राथमिकतामा सुरक्षित र प्रतिफलमुखी परियोजना


काठमाडौं । अर्थमन्त्रालका राजस्व सचिव डा.राम प्रसाद घिमिरले नागरिक लागनी कोषले संचालन गरेको अनलाइन प्रणालीको विकासले कोषको कारोवारमा सहजता आएको बताएका छन । कोषको ३३ औँ वार्षिकोत्सव कार्यक्रमको प्रमुख अतिथि रहेका घिमिरेले विद्युतिय सरकारी लेखा प्रणालीबाट तथ्याकं लिन थालेपछि त्रुटि कम हुन थालेको बताए । उनले अन्य प्रतिस्पर्धी संस्थाको तुलनामा कोषप्रति आकर्षण बढ्दाे क्रममा रहेको धारणा पनि त्यस अवसरमा राखे ।

कार्यक्रममा कोष संचालक समितिका अध्यक्ष प्रा.डा.सूर्य बहादुर थापाले कोषले आफुलाई अझ सुदृढ बनाउदै राष्ट्रिय आकांक्षा पुरा गर्ने तर्फ कार्य गरिरहेको बताए । उनले भोलिको दिनमा देशको आर्थिक बृद्धिदरमा टेवा पु¥याउने एवं रोजगारी सिर्जन गर्न कृर्षि, पर्यटन,उर्जा र पूर्वाधार निर्माण जस्ता उत्पादनशिल क्षेत्रमा लगानीलाइ विस्तार गर्दै लैजानुपर्नेमा जोड दिए । उनले कर्मचारी विनियमावली अगाडि बढेको, कोषको स्रोत,साधन अनुसार कार्यरत कर्मचारीको सेवा सुविधा परिमार्जन हुँदै आएको बताए ।

त्यसैगरी शुभकामना सन्देश दिदै कोषका कार्यकारी निर्देशक रमण नेपालले चालु आर्थिक वर्षको पुस मसान्तसम्म कोषको खुद बचत परिचालन रकम २ खर्ब ६ अर्ब १९ करोड रुपैँया रहेकोमा उक्त अवधिमा कोषले २ खर्ब ५ अर्ब ६९ करोड रुपैया लगानी गरेको बताए ।  कोषले लगानी गर्दा सुरक्षित र प्रतिफल मुखी राष्ट्रिय गौरव र प्राथमिकताका परियोजना छान्नुपर्ने बिषयलाई उच्च प्राथमिकता दिई आगामी दिनमा पूर्वाधार विकासका क्षेत्रहरुलाई प्राथमिकता दिइ लगानी बढाउदै आएको उनको भनाई थियो ।

कोषमा सहभागी हुने सम्भावना भएका संघ संस्थाहरुलाई आवद्ध गर्न र ती संस्थाहरुको दीर्घकालिन दायित्वहरुलाई व्यवस्थापन गर्न, गराउन सेवाग्राहीको नजिक पुग्ने उद्धेश्यले काठमाडौं उपत्यका बाहिर बिराटनगर, पोखरा, बुटवल, अत्तरिया र सुर्खेतमा शाखा कार्यालय संचालन गरिसकिएको जानकारी दिए ।

कोषको विद्यमान सूचना प्रविधि प्रणालीमा व्यापक सुधारको आवश्यकता देखि नयाँ सफ्टवेयर संचालनमा आइसकेको बताउदै नेपालले भने,‘राष्ट्रसेवक कर्मचारीहरुको कोषमा जम्मा गर्नुपर्ने रकम सिग्याँस प्रणालीबाट सिधै जम्मा हुने व्यवस्था गरिसकिएको छ भने सबै सहभागीहरुलाई सापटी तथा अन्तिम भुक्तानी एनसिएचएलको कनेक्ट आइपिएस मार्फत बैंक खातामा पठाउने व्यवस्था गरिएको छ । निजी क्षेत्र तथा अन्य संगठीत संस्थाहरुको रकम संकलन अनलाइन प्रणालीबाटै गर्ने व्यवस्था मिलाई सकिएको छ । ’

कार्यक्रममा नागरिक लगानी कोष कर्मचराी युनियनका अध्यक्ष सुरेश चालिसे र नेपाल वित्तीय संस्था कर्मचराी संघका अध्यक्ष देव नारायण गुरागाईले कोषले गर्नुपर्ने बिषयमा व्यवस्थापनको ध्यानाकर्षण गराए । वार्षिकाेत्सव कार्यक्रममा २० वर्षे सेवा अवधि परा गरेका कर्मचारीलाई पदक र उत्कृष्ठ कर्मचारीलाई सम्मान पत्र प्रदान गरिएको थियो ।


Read Previous

४ हिमालबाट ३५ हजार किलो फोहर सङ्कलन गरिँदै    

Read Next

सडक पूर्वाधार विकास गर्न गुरूयोजना बनाउँदै अजिरकोट गाउँपालिका   

Leave a Reply

Your email address will not be published.