Nepal Purbadhar

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024
इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन ‘साढे २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न बैंकको लगानी २० प्रतिशत पुर्याउने नीति लिइनुपर्छ’ रसुवागढी नाकाबाट ९ महिनामा ४ हजार ७ सय बढी सवारी साधन आयात मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो    १० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै  

४ वर्षसम्म अलपत्र पुलको निर्माण सुरु


गुल्मी। गुल्मीको मुसिकोट नगरपालिका अन्तर्गत बढिघाट खोलामा निर्माणाधीन अवस्थामा भाँचिएर अलपत्र परेको पक्की पुलको निर्माण सुरु भएको छ । अलपत्र अवस्थामा परेको ४ वर्षपछि निर्माण सुरु गरिएको हो ।

मुुसिकोट नगरपालिका-७ देखि मुसिकोटकै २, ३ र ४ नम्बर वडालाई जोड्ने उक्त पक्की पुल निर्माणकै क्रममा दुई पटकसम्म भाँचिएपछि अलपत्र अवस्थामा थियो । दुई पटकसम्म भाँचिएको पुल हाल डिजाइन परिवर्तन गरी नयाँ निर्माण व्यवसायी जलप नेपाल प्रालीले निर्माण सुरु गरेको हो ।

पुल स्वीस सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा रू दुई करोड ५० लाखमा निर्माण हुन लागेको हो । पुल निर्माणको लागि दुबैतिर फाउण्डेशनको काम पूरा भइसकेको हुँदा अहिले पुन निर्माण स्थलसम्म पुग्न सडक विस्तारको काम भइरहेको निर्माण व्यवसायी प्रतिनिधि अनिष पौडेलले जानकारी दिए। उनका अनुसार आगामी असोजसम्म पुल निर्माण सम्पन्न हुनेछ ।

पहिलो पटक २०७६ वैशाखमा निर्माण अन्तिम चरणमा पुग्दै गर्दा खोलामा बाँढी आएपछि पुलको टेका भासिँदा पुल भत्किएको थियो भने दोस्रो पटक पनि निर्माण सुरु भएको एक वर्षपछि सोही प्रकृति दोहोरिएका कारण पुनः पुल भाँचिएको थियो ।

पुलको निर्माण तत्कालै सुरु गर्न नगरपालिकाको तर्फबाट पटक-पटक सम्बन्धित निकायमा पहल गरेपछि काम सुरु हुन लागेको मुसिकोट नगरपालिका प्रमुख जीवन खरेलले बताए । उनले ढिलै भए पनि काम सुरु हुन लागेको हुँदा यो पटक तोकिएकै मितिमा पुल निर्माण हुने कुरामा आफूहरु पूर्ण आशावादी रहेको बताए ।

मुसिकोट नगरपालिकाको बढीगाढ खोलामाथि निर्माण हुन लागेको ट्रस बोर्डर प्रविधिमा आधारित उक्त पुलको लम्बाई ५५ मिटर रहेको छ । पुल निर्माणका लागि जलप नेपाल कम्पनीले निर्माणको जिम्मा पाएको छ । पुल निर्माण भएपछि मुसिकोट नगरपालिका लगायत छिमेकी बागलुङ जिल्लाका नागरिकलाई समेत सदरमुकाम तम्घास आवतजावतमा थप सहजता मिल्नेछ । रासस


Read Previous

विदेशी लगानीका कम्पनी १० दिनभित्र दर्ता गर्न छुट्टै डेस्क

Read Next

नेपालमा थप लगानीको निश्चितता गर्नु भ्रमणको उद्देश्यः चिनियाँ वैदेशिक लगानी संस्थाका उपाध्यक्ष

Leave a Reply

Your email address will not be published.