Nepal Purbadhar

मङ्लबार, बैशाख ११, २०८१
Tuesday, April 23, 2024

मङ्लबार, बैशाख ११, २०८१
Tuesday, April 23, 2024

नेपालमा थप लगानीको निश्चितता गर्नु भ्रमणको उद्देश्यः चिनियाँ वैदेशिक लगानी संस्थाका उपाध्यक्ष


काठमाडौं। उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ र वैदेशिक लगानीका लागि चिनियाँ सरकारको छाता संस्था ‘काउन्सिल फर द प्रमोशन अफ इन्टरनेशनल  ट्रेड’ का उपाध्यक्ष झाङ शाओगाङबीच सोमबार मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ।

भेटमा व्यापार तथा लगानी साझेदारीका विषयमा छलफल भएको थियो। त्यसक्रममा उपाध्यक्ष झाङलाई नेपालमा स्वागत गर्दै र भ्रमण सफलताको शुभकामना दिंदै उपप्रधानमन्त्री श्रेष्ठले चीन नेपालको दोस्रो ठुलो अन्तराष्ट्रिय व्यापार साझेदार मुलुक रहेको र नेपालमा लगानीमैत्री वातावरण भएकोले चिनियाँ लगानीको सँधै स्वागत गरिने बताए ।

केरुङ र तातोपानी नाका व्यवस्थित बनाएर आयात तथा निर्यातलाई समेत सहज गर्नुपर्ने आवश्यकता उपप्रधानमन्त्री श्रेष्ठले औंल्याए । चीन नेपालको दोस्रो ब्यापारिक साझेदार मुलुक रहेको र चीन नेपाल ब्यापार घाटा धेरै भएकाले त्यसलाइ घटाउन आपसी समझदारीका आधारमा अघि बढनुपर्ने आवश्यकतामा जाेड दिए ।

नेपालको एक चीन नीतिप्रतिको दृढता श्रेष्ठले दोहोर्‍याए । तेस्रो कार्यकालका लागि निर्वाचित चिनियाँ राष्ट्रपति सि जिनपिङ र नवनिर्वाचित प्रधानमन्त्री ली छ्याङलाई बधाई दिंदै कार्यकाल सफलताको शुभकामना समेत व्यक्त गरे ।

त्यसक्रममा उपाध्यक्ष झाङले झण्डै ४ वर्ष लामो कोभिड संक्रमणले चीनको वैदेशिक लगानी तथा व्यापारमा असर परेपनि चीन अब कोभिडबाट खुल्ला र  सहज भएको बताए । कोभिडका कारण चीन र नेपालबीच भ्रमण आदानप्रदान  हुन नपाएको र त्यसबाट व्यापरमा समेत असर परेको बताए । नेपाल आफुहहरूको पुरानो र नजिकको मित्र भएको र नेपालमा थप लगानीको निश्चितता गर्नु आफ्नो भ्रमणको उद्देश्य भएको उनकाे भनाइ थियाे ।

झाङले नेपालले ठूलो प्रविधियुक्त उद्योग-निर्माणको सोच बनाए त्यसमा चीनले खुलेर साथ दिने उल्लेख गरे ।  उपमन्त्री तहका चिनियाँ अधिकारी झाङ नेपालका लागि चिनियाँ राजदुत छन् सोङ सहित शिष्टाचार भेटवार्ता भएकाे हाे ।


Read Previous

४ वर्षसम्म अलपत्र पुलको निर्माण सुरु

Read Next

‘डिजिटल उपभोक्ताको अधिकार सुरक्षित गर्न नीति र कार्यान्वयनमै समस्या’

Leave a Reply

Your email address will not be published.