Nepal Purbadhar

शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024
भैरहवा नाकाबाट आयात हुने पेट्रोलियम पदार्थको परिमाण घट्यो २०० मेगावाटसम्मको जलविद्युत आयोजना खोज्दै नेको इन्स्योरेन्स,अनुमतिपत्र बिक्री गर्न इच्छुकबाट आशयपत्र माग ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ अभियानमा ग्लोबल आइएमई बैंकको प्रतिबद्धता,वातावरणमैत्री दिगो अभ्यासकाे अनुशरण गर्ने नागरिक लगानी कोषले पाल्पा सिमेन्ट उद्योगको सेयर प्रत्याभूति गर्ने तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम

जीप छिरिङ लामालाई एफक्यान ग्लोरी अवार्ड, २ विधामा कालिका उत्कृष्ट (कुन विधामा कसले जिते ?)


काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले एफक्यान ग्लोरी अवार्ड अग्रज निर्माण व्यवसायी जीप छिरिङ लामा शेर्पालाई प्रदान गरेको छ । आइतबार बेलुका भएको भएकाे एघारौं एफक्यान एक्सिलेन्स अवार्ड २०७९ मा महासंघले निर्माण उद्योगमा विशिष्ट योगदान दिएका महासंघका पूर्व अध्यक्ष तथा मानार्थ सदस्य शेर्पालाई सम्मान गरेको हो । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले शेर्पालाई अवार्ड प्रदान गरे।

एघारौं एफक्यान एक्सिलेन्स अवार्डमा कालिका कन्स्ट्रक्शनले पनि दुई महवपूर्ण विधामा अवार्ड जितेको छ । विदेशमा उत्कृष्ट काम गरेको र स्वदेशमा ए क्लासको कम्पनीको हैसियतले समयमै उत्कृष्ट काम गरेको गरी दुई विधामा कालिकाले अवार्ड हात पारेको हो । कालिका कन्स्ट्रक्शनको तर्फबाट कार्यकारी निर्देशक तथा महासंघका सल्लाहकार निकोलस पाण्डेले अवार्ड ग्रहण गरे ।

ए क्लास तर्फ उत्कृष्ट काम गरेको कम्पनीतर्फ भिमेश्वर ड्रिलिङ तथा निर्माण सेवा प्रा. लि भक्तपुरले गोल्ड, सामानान्तर निर्माण सेवाले सिल्भर अवार्ड जित्दा ब्रोन्ज अवार्ड कन्काई इन्टरनेशनल बिल्डर्स् प्रा. लि ले हात पारेको छ ।

बी क्लास तर्फ यही विधामा सगुन कन्स्ट्रक्शन एण्ड इन्जिनियरिङ प्रा लि ले गोल्ड अवार्ड जित्दा एस. एल कन्स्ट्रक्शन प्रा. लि ले सिल्भर अवार्ड हात पा¥यो । सी क्लासतर्फ यही विधामा नेशनल कन्स्ट्रक्शन प्रा. लि कञ्चनपुरले गोल्ड र शिवालय बिल्र्डस् प्रा लि. काभ्रेले सिल्भर अवार्ड जित्यो । बी क्लासतर्फ समयमै उत्कृष्ट काम गरे बापत् जय विष्णु निर्माण सेवाले सिल्भर अवार्ड जित्यो ।

कोशी प्रदेशबाट क्लास डी तर्फ झापाको उद्देश्य निर्माण सेवाले उत्कष्ट अवार्ड जित्यो । क्लास डीमा वागमती प्रदेशबाट तेज कन्स्ट्रक्शनले अवार्ड जित्दा गण्डकी प्रदेशबाट जि.एस इन्जिनियरिङले अवार्ड जित्न सफल भयो ।

त्यस्तै कर्णाली प्रदेश उत्तम निर्माण सेवा सुर्खेतले अवार्ड हात पा¥यो । उत्कष्ट जिल्ला निर्माण व्यवसायी संघहरू मध्येमा तराईबाट कैलालीले अवार्ड जित्दा पहाड र हिमालबाट क्रमशः कास्की र सिन्धुपाल्चोकले अवार्ड जिते । उत्कष्ट प्रदेश निर्माण व्यवसायी महासंघको अवार्ड वागमती प्रदेश महासंघले जित्यो ।

उत्कृष्ट महिला निर्माण व्यवसायीमा एस एल कन्स्ट्रक्शनकी गीता शाहीले अवार्ड जितिन् भने उत्कृष्ट सर्भिस प्रमोसन कन्सल्टिङ कम्पनीको अवार्ड आर्किटेक्ट कोल्याबोरेट नेपाल प्रा लि. ले जित्यो । त्यस्तै कन्स्ट्रक्शन सेक्टर एक्सिलेन्स इन्जिनियर अवर्डा इन्जिनियर नरेन्द्रकुमार देवलाई प्रदान गरियो ।

एघारौं एफक्यान एक्सिलेन्स अवार्ड २०७९ अन्तर्गत नै महासंघले भौतिक पूर्वाधारको समाचारलाई उच्च प्राथमिकता दिने विभिन्न संचार माध्यमहरूलाई अवार्ड प्रदान गरेको छ । जस अन्तर्गत अनलाइनतर्फ निर्माणपाटी डटकम, रेडियो तफै रेडियो काठमाडौं, टिभीतर्फ एपीवान र दैनिक पत्रिकातर्फ आर्थिक दैनिकका प्रतिनिधिहरूलाई अवार्ड प्रदान गरियो । भौतिक पूर्वाधारको क्षेत्रमा कलम चलाउने पत्रकारतर्फ राजधानी दैनिकका मधुजङ्ग पाण्डेले अवार्ड पाए । मस्ट सर्पोटिभ स्पोनसरको अवार्ड एमएडब्लु् अर्थ मुभर्स् प्रा. लि लाई प्रदान गरियो ।

निर्माण व्यवसायीका सन्ततिहरूमध्ये इन्जिनियरिङ विषय अध्ययन पूरा गरेका प्रगति शाह (जय लक्ष्मी कन्स्ट्रक्शन बाजुरा), जेनिशा महर्जन (के.बी डेभलपर एण्ड कन्स्ट्रक्शन प्रा लि. काठमाडौं), रविकान्त शाह (जय अम्बे कन्स्ट्रक्शन पर्सा) र आसुतोष दास (.न्यू आसुतोष कन्स्ट्रक्शन सप्तरीं लाई अवार्ड प्रदान गरियो । महासंघ सचिवालयमा कार्यरत कर्मचारीहरू मध्ये न्युच्छेमाया तुण्डकारलाई अवार्ड दिइयो ।

अवार्ड कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले निर्माण व्यवसायीहरूसँग सहकार्य गर्न सरकार तयार रहेको बताए । महासंघका अध्यक्ष रवि सिंहले महासंघको अवार्ड कार्यक्रम राष्ट्रकै प्रतिष्ठित अवार्डको रुपमा स्थापित हुनु महासंघको लागि गर्वको विषय भएको बताए ।

अवार्ड कार्यक्रम संयोजक समेत रहनु भएका महासंघका वरिष्ठ उपाध्यक्ष आङ दोर्जी लामा (ए.डी.)ले अवार्ड कार्यक्रमलाई आगामी दिनमा अझ व्यवस्थित बनाइने प्रतिबद्धता जनाए ।


Read Previous

सेखुवा–चखेवाभञ्ज्याङ सडकमा गुणस्तरहीन निर्माण सामग्री प्रयोग

Read Next

तनहुँमा सोलार लिफ्ट सिँचाइ योजना, ८ सय राेपनी क्षेत्रफलमा सिँचाइ

Leave a Reply

Your email address will not be published.