Nepal Purbadhar

मङ्लबार, मंसिर ११, २०८१
Tuesday, November 26, 2024

मङ्लबार, मंसिर ११, २०८१
Tuesday, November 26, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

पूर्वपश्चिम राजमार्ग स्तरोन्नति काम तीव्रता


कञ्चनपुर। पूर्वपश्चिम राजमार्ग स्तरोन्नतिको कामलाई यहाँ तीव्रता दिइएको छ । सडक डिभिजन कार्यालय महेन्द्रनगरले राजमार्ग स्तरोन्नति कार्यक्रमअन्तर्गत रू आठ करोडमा ठेक्का प्रक्रियामार्फत सडक चौँडा बनाउने काम गरिरहेको हो ।

राजमार्ग चौँडा गर्न माटो भरान गर्ने, कल्भर्ट बनाउनेलगायत काम भइरहेको कार्यालयमा सूचना अधिकारी पियुस चटौटले जानकारी दिए । उनका अनुसार महेन्द्रनगर बजार क्षेत्रको शिवमन्दिर अगाडिको क्षेत्रमा तीन किलोमिटर र झलारी क्षेत्रमा १ हजार २ सय मिटर सडक स्तरोन्नतिको काम भइरहेको छ । सडक स्तरोन्नतिपश्चात् कालोपत्र गर्ने उनले जानकारी दिए ।

‘दश वटा पाइप कल्भर्ट चौँडा गर्ने काम अन्तिम चरणमा पुगेको छ । सडक मर्मत गरी चार लेनको बनाइँदैछ’ उनले भने । ट्राफिकको चाप बढी भएका ठाउँमा सडकमा एक/एक लेन थप्न लागिएको चटौतले जानकारी दिए ।

गत वर्ष सडक बोर्डमार्फत राजमार्गको भाँसी सडक खण्ड चाैंडा गरिएको थियो । गड्डाचौकी, दैजी, सिसैयालगायतका क्षेत्रमा यसअघि नै सडक चौँडा गरिएको छ । सडक निर्माणका लागि मुमताज कन्ट्रक्सन, जसलिङ जेभी कम्पनीले र कल्भर्ट निर्माणका लागिमैनाचुली जेभिसँग ठेक्का सम्झौता गरिएको थियो ।

पुराना ठेक्काबाट बचेको रकमबाट पुनः बोलपत्र आह्वान गरी सडक स्तरोन्नतिको अगाडि बढाइँदै आएको छ । चालु आर्थिक वर्षको असारमसान्तसम्म सडक र कल्भर्ट चौँडा गर्ने काम सम्पन्न गरिसक्ने गरी समय सीमा निर्धारण गरिएको छ ।

यसैगरी, सडक डिभिजन कार्यालय महेन्द्रनगरले निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रमअन्तर्गत कैलाली र कञ्चनपुरका आठ निर्वाचन क्षेत्रमध्ये सात वटामा सडक निर्माण गरिरहेको छ । ‘जग्गा प्राप्ति नहुँदा एक निर्वाचन क्षेत्रमा सडक स्तरोन्नति अगाडि बढ्न सकेको छैन’, सडक डिभिजन कार्यालयका सूचना अधिकारी चटौतले भने, ‘बाँकी सातमा कार्य अगाडि बढिरहेको छ ।’ उनका अनुसार हालसम्म १५ प्रतिशत काम सम्पन्न भएको छ ।

२ वर्षभित्र काम सक्नुपर्ने गरी सम्झौता भएको हो । सातवटै सडक स्तरोन्नतिका लागि ३ करोड २० लाख  रूपैयाँ बजेट विनियोजन गरिएको छ । निर्माण थालिएका सातवटै सडक आठदेखि १० किलोमिटरका हुनेछन् । रासस


Read Previous

पुलको नट बोल्ट भाँचिएपछि सवारीसाधन आलोपालो चलाउँदै

Read Next

‘कोसी प्रदेशमा लगानी भित्र्याउन प्रयासरत छौं’

Leave a Reply

Your email address will not be published. Required fields are marked *