Nepal Purbadhar

त्रिशुली थ्री ए हाइड्रोको टनेल भेटियो


काठमाडौं । त्रिशुली थ्री ए जलविद्युत आयोजनाको टनेल भेटिएको छ ।

उद्धार टोलीले दुईदिनदेखि टनेल खोजिरहेको थियो । प्रतिनिधी सभा सदस्य श्रीराम न्यौपानले टनेल भेटिएको जानकारी दिए । यो आयोजनामा नेपाल विद्युत प्राधिकरणका ३५ जना कर्मचारीहरु पूरिएका छन् । पावर हाउसमा रहेको टर्बाइन मर्मतका लागि भुमिगत पावर हाउस काम गरिरहेका बेला बाढी आएका कारण उनीरुह पुरिएका हुन् । उनीहरुको खोजि कार्य चलिरहेको छ । सुरुमा अत्याधिक ठूलो बाढीका कारण ठाउँ नै पहिचान हुन सकेको थिएन । अहिले टनेल भेटिएका कारण उनीहरु उद्धारमा सहज हुने बुझिएको छ । १० गते बिहान आएको बाढीका कारण उनीहरु भुमिगत पावर हाउसमा फसेका छन् ।

सकुशल उद्धार हुने आशा गरिएको छ ।


Read Previous

पृ्थ्वीराजमार्ग दुई ठाउँमा भासियो,यी हुन वैकल्पिक सडक

Read Next

भोटेकोशी बाढी अपडेट : ७३४ शव फेला, २ हजार ४९८ जना अझै बेपत्ता

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar