Nepal Purbadhar

त्रिशूली-३ ‘ए’ र ‘बी’ आयोजनामा सुरुङ उद्धारका लागि प्राविधिक टोली परिचालन


काठमाडौं। त्रिशूली-३ ‘ए’ र ‘बी’ जलविद्युत् आयोजनास्थलमा सुरुङभित्र फसेकाको उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र प्राविधिक टोली परिचालन गरिएको छ।

त्रिशूली-३ ‘ए’ आयोजनामा केबल आउटलेट टनेलबाट सुरुङभित्र प्रवेश गरी उद्धार कार्य अघि बढाउने प्रयास भइरहेको छ। नेपाल विद्युत् प्राधिकरणका विज्ञ प्राविधिकसहित सुरक्षा निकायका उद्धारकर्मी घटनास्थलमा खटिएका छन्।

सुरुङभित्र प्रवेशमा अवरोध बनेको संरचना हटाउने काम भइरहेको छ। उद्धार टोलीले सुरुङको क्राउन (माथिल्लो भाग) फेला पारेपछि एक्साभेटर प्रयोग गरी त्यसलाई फुटाएर प्रवेशमार्ग खुलाउने काम अघि बढाएको छ। अवरोध हटाएर सुरक्षित प्रवेशको अवस्था तयार भएपछि उद्धारकर्तालाई सुरुङभित्र पठाउने तयारी गरिएको छ।

यस्तै, त्रिशूली-३ ‘बी’ जलविद्युत् आयोजनास्थलमा पनि उद्धारका लागि नेपाली सेनासहितको प्राविधिक टोली परिचालन भएको छ। आयोजनाका प्रमुख, परामर्शदाता कम्पनीका प्रमुख तथा साइट इन्जिनियरसहितको टोली घटनास्थलमा पुगेको छ।

टोलीले आयोजनास्थलको भौगोलिक तथा प्राविधिक अवस्थाको स्थलगत निरीक्षण गरी उद्धार कार्यलाई सुरक्षित रूपमा अघि बढाइरहेको छ। उद्धारमा संलग्न विभिन्न निकायबीच आवश्यक समन्वयसमेत भइरहेको जनाइएको छ।

प्रतिकूल मौसम र चुनौतीपूर्ण भौगोलिक अवस्थाका कारण उद्धार कार्य जटिल बने पनि सम्भावित जोखिमलाई ध्यानमा राख्दै आवश्यक जनशक्ति, उपकरण तथा स्रोतसाधन परिचालन गरिएको छ।


Read Previous

भोटेकोशी बाढी अपडेट : ७३४ शव फेला, २ हजार ४९८ जना अझै बेपत्ता

Read Next

प्रभावित क्षेत्रमा सञ्चार सम्पर्क सहज बनाउन एनटीएले दियो २० थान स्याटेलाइट फोन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar