Nepal Purbadhar

मङ्लबार, माघ १, २०८१
Tuesday, January 14, 2025

मङ्लबार, माघ १, २०८१
Tuesday, January 14, 2025
ईभी कार किन्न अफर नै अफर, शुन्य ब्याजदरमा काईवी एक्स थ्री प्रो पाइने कुलमानले बुझाए स्पष्टीकरण हटाएर देखाउन ऊर्जामन्त्रीलाई चूनौती लामिछाने धरौटीमा छुटेपछि रास्वपामा खुसीयाली, सोबिता गौतम भन्छिन्-‘अटल, अडिग, अविचलितl’  रवि लामिछाने ८४ दिनपछि ६५ लाख धरौटीमा रिहा निर्माण व्यवसायीले आन्दोलनका लागि पुस २७ राष्ट्रिय भेला गर्ने, सडक आन्दोलनको तयारी १० वर्षमा २८५००० मेगावाट उत्पादन गर्ने महत्वाकांक्षी लक्ष्य बोकेको यस्तो छ ऊर्जा विकास मार्गचित्र पूर्णपाठसहित चीन र भारतमा देखिएको एचएमपीभी सङ्क्रमण के हो, विश्वका अरु देशले कति चिन्ता गर्नुपर्छ ? सरकारले हटाउछु भन्ने हल्ला गरेर कामै गर्न दिएन‍‍-कुलमान

‘कोसी प्रदेशमा लगानी भित्र्याउन प्रयासरत छौं’


धरान । सुनसरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष विजय श्रेष्ठले आफूहरु कोसी प्रदेशमा लगानी भित्र्याउनका लागि आफूहरु प्रयासरत रहेको बताएका छन् ।

फागुन ११ देखि धरान रङ्गशालामा सुरु भएकाे एक्स्पो समापनमा बोल्दै उनले लगानीकाे लागि स्थानीय सरकारसँग समन्वय भइरहेको बताए । ‘एक्स्पो अवधिभर विभिन्न तरिकाबाट प्रदेशमा लगानी भित्र्याउने प्रयास भयो, आगामी दिनमा पनि यसले निरन्तरता पाउनेछ । यसका लागि स्थानीय सरकारसँग समन्वय भइरहेको छ’ उनले भने ।

सुनसरी उद्योग वाणिज्य सङ्घले आयोजना गरेकाे एक्स्पो संयोजक समेत रहेका उनले एक्स्पाे अवधीभर ३ करोड बराबरको कारोबार र ३ लाखभन्दा बढीले अवलोकन गरेको दाबी गरे । एक्स्पो सुनसरी उद्योग वाणिज्य सङ्घले आयोजना गरेकाे हाे ।

समापनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले धरानमा केही पनि छैन भन्ने तर्क हाबी हुन थालेको भन्दै यसलाई सबै मिलेर चिर्न आवश्यक रहेको बताए । ‘धरान लाहुरेको सहर, फेसनको सहर, कला–संस्कृतिको सहरका रुपमा परिचित छ, धरानको चौतर्फी विकासमा सबैले हातेमालो गर्नुपर्छ’ उनले भने ।

धरान एक्स्पोलगायतका प्रदर्शनीले उत्पादनको बजारीकरणमा सहयोग गर्ने र नयाँ उद्यमीलाई स्थापित ब्राण्डबाट अनुभव लिन सहयोग पुग्ने भएकाले यसको आवश्यकता र औचित्य बढ्दै गएको उनको भनाइ छ । ‘किमाथाङसँग जोड्ने सडक, चतरा, तमोर कोरिडोरले धरानको विकास कुरिरहेको छ । हामी आत्तिनुपर्ने अवस्था छैन’, मन्त्री किरातीले भने, ‘विकासका लागि आवश्यक बहस, विचार, विमर्श गर्दै निष्कर्ष निकाल्नुपर्छ । धरान, सुनसरी क्षेत्रको सर्वाङ्गीण विकास सम्भव छ ।’

समापन समाराेहमा  नेता मीन विश्वकर्माले धरानलाई सबै कुरा दिएको र उद्योग वाणिज्यलगायत सङ्घ संस्थाले समृद्धिका लागि निरन्तर प्रयास गरिरहेको भए पनि दलीय मतभेद–विरोध, सङ्घीय, प्रदेश सरकारको योजनभित्र धरान–सुनसरी क्षेत्र नभएको कारण यस क्षेत्रको विकास हुन नसकेको बताए ।

व्यापारिक प्रवद्र्धन गर्ने फरक उद्देश्यसहित आयोजना गरिएको एक्स्पो सफलतापूर्वक सम्पन्न भएकोमा धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साङपाङले आयोजक र अवलोकनकर्तालाई बधाईसहित धन्यवाद दिए ।

एक्स्पोमा नेपाल, भारत, बङ्गलादेश र पाकिस्तानका गरी १३० स्टल प्रदर्शनीमा राखिएको थियो । १० दिनसम्म चलेको एक्स्पोलाई धरान उपमहानगरपालिका र कोसी प्रदेशको विशेष सहयोग थियो । रासस

 


Read Previous

पूर्वपश्चिम राजमार्ग स्तरोन्नति काम तीव्रता

Read Next

केबलकार निर्माणका लागि सम्भाव्यता अध्ययन

Leave a Reply

Your email address will not be published. Required fields are marked *