
काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले भोटेकोशी बाढी प्रभावितको राहत तथा उद्धारका लागि १० करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।
इप्पानको भदौ ११ गते बसेको २०६औँ आकस्मिक कार्यसमिति बैठक तथा सल्लाहकारसहितको संयुक्त बैठकले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ जम्मा गर्ने निर्णय गरेको थियो । आइतबार बसेको बैठकले थप ५ करोड रुपैयाँ दिने निर्णय गरेको हो । ‘देशलाइ ठूलो विपत परेको छ । सबै ऊर्जा उद्यमी साथीहरुले छाती फराकिलो बनाउनु भयो । १० करोड रुपैयाँ सहयोग गर्ने निर्णय भयो ।’
इप्पानले बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन, तनहुँलगायत जिल्लामा भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ। घाइतेको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरिएको छ। भने सुरुङमार्गहरुमा फसेकाहरुको उद्धारको माग गरेको छ ।
बाढीमा परी घाइतेको उपचार तथा प्रभावित आयोजनाको पुनर्निर्माण र पुनःस्थापनामा सरकारसँग समन्वय गरी आवश्यक सहयोग गर्ने निर्णय बैठकले गरेको छ।
डाँगीले ऊर्जा क्षेत्र देशको समृद्धिसँग मात्रै नभई नेपाली जनताको सुख–दुःखसँग समेत जोडिएको उल्लेख गर्दै विपद्को समयमा सदस्य कम्पनीहरू एकजुट भएर पीडित परिवारलाई सहयोग गर्नुपर्ने बताए।
