Nepal Purbadhar

भौतिक पूर्वाधार अभावले प्रहरी सेवामा असर पर्छ : मुख्यमन्त्री कार्की


विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रहरी कार्यालय रानी विराटनगरको नव निर्मित कार्यालय भवनको आज उद्घाटन गरेका छन्। प्रदेश नं १ आन्तारिक मामिला तथा कानून मन्त्रालयबाट बजेट विनियोजित भई कुल १९ करोड १४ लाख रुपैयाँ लागतमा साना ठूला गरी ७५ वटा कोठा भएको पाँच तले प्रहरी कार्यालय भवनको आज उनले उद्घाटन गरेका हुन् ।

शिलालेख अनावरण गरी विधिवत रूपमा समुद्घाटन गर्दै भौतिक पूर्वाधारको अभाव र अपर्याप्तताले प्रहरी सेवाका कार्यमा प्रत्यक्ष असर पर्ने बताए । उनले सुविधासम्पत्र भवन प्राप्त भएसँगै नागरिक सेवामा लाग्न प्रहरीलाई आग्रह गरे ।

मुख्यमन्त्री कार्कीले सुरक्षाकर्मी सुरक्षित भएमा मात्र आम नागरिकले सुरक्षाको प्रत्याभुति पाउने हुँदा सुरक्षाकर्मीको सुरक्षामा प्रदेश सरकार सदैव तत्पर रहेको बताए ।

प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले शान्ति सुरक्षा सबैको साझा जिम्मेवारी रहेको बताउँदै प्रदेश सरकारबाट प्रदेश प्रहरीलाई प्राप्त नयाँ भवनसँगै कार्यरत प्रहरी कर्मचारीहरुमा थप उत्साह बढेको धारणा राखे ।

प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक श्यामलाल ज्ञवालीले भौतिक सुविधाले प्रहरी सेवामा अनुकूल वातावरण सिर्जना गर्ने बताए ।

सो कार्यक्रममा मुख्यमन्त्री कार्कीले भवन निर्माणमा उल्लेख्य योगदान पुर्‍याउने निर्माण कम्पनी तथा १ नम्बर प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक ढुण्डीराज गिरी र महेश भट्टराईलाई प्रशंसापत्रले सम्मान गरेका थिए।

Facebook Comments

Read Previous

आवश्यक जनशक्ति उत्पादन गर्न विश्वविद्यालय प्रतिबद्ध हुनुपर्छ : प्रधानमन्त्री दाहाल

Read Next

नेपालको वर्तमान आर्थिक अवस्थाका विषयमा सिबिफिन र आईएमएफवीच छलफल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar