Nepal Purbadhar

प्रशान्त पोखरेल स्मृति पुस्तकालयको हस्तान्तरण


चितवन । भरतपुर महानगरपालिका वडा नम्वर २८, पर्साबजार स्थित आधारभूत विद्यालय सिसावासको ६५ वार्षिक उत्सबका अवसरमा स्व प्रशान्त पोखरेलको स्मृतिमा परिवारजनले स्थापना गरेकाे प्रशान्त पोखरेल स्मृति पुस्तकालय बुधवार पोखरेल परिवारले विध्यालयलाई हस्तान्तरण गरेको छ ।

पुस्तकालय हस्तानतरण कार्यक्रमका वागमती प्रदेश सभा सदस्य ईश्वर सापकोटा एवं स्वर्गिय प्रशान्त पोखरेलका हजुरबुवा लिला बहादुर पोखरेलले संयूक्त रुपमा रिवन काटेर पुस्तकालयको शुभारम्भ गर्नुका साथै स्वर्गिय प्रशान्त पोखरेलको शालिक अनावरण गरे |

वागमती प्रदेश सभा सदस्य ईश्वर सापकोटाले स्वर्गीय प्रशान्त पोखरेलप्रती हार्दिक श्रद्धा सुमन अर्पण गर्दै पोखरेल परिवारले शिक्षाको ज्योती छर्ने अत्यन्त पुनित कार्य गरेकोमा परिवारजन प्रती आभार प्रकट गरे । उक्त विद्यालयमा अध्यनरत बहुसंख्यक आदिवासी कुमाल जातिका सन्ततिको गुणस्तरीय एवं प्रतिस्पर्धात्मक शिक्षा आर्जनमा पुस्तकालयले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे |

स्वर्गिय प्रशान्त पोखरेलका हजुरबुवा एवं पुस्तकालयका संरक्षक लिला बहादुर पोखरेलले आफ्नो नातीको अल्पायू मै स्वर्गारोहण भए पनि नातिको स्मृतिमा स्थापित पुस्तकालयले आफ्ना नाति जस्तै धेरै नानी बावुहरुले पुस्तकालबाट शिक्षाको ज्योती प्राप्त गर्ने अवसर जुटेकोमा आफ्नो सन्तान शाेक धेरै हदसम्म सुखमा परिणत भएको अनुभुती व्यक्त गरे ।

भरतपुर महानगरपालिका वडा नम्बर २८ का वडा अध्यक्ष डण्डपानी रिजालले पोखरेल परिवारजन प्रती हार्दिक कृतज्ञता व्यक्त गर्दै, विद्यालयको समग्र विकासका लागि वडा कार्यलयले सक्दो समन्वय गर्ने प्रतिवद्धता व्यक्त गरे |

पुस्तकालयका संस्थापक एवं वानेश्वर बहुमुखी क्याम्पसका उपप्रध्यापक बालसिंह पोखरेलले मेघौली भौगोलिक एवं पर्यापर्यटनका हिसाबले राष्ट्रकै अनुपम गन्तव्य रहदा रहदै पनि विशेषगरी शैक्षिक दृष्ट्रिकोणबाट यहांका जनता अत्यन्त पछाडि परेका कारण यहाको अनुपम श्रोतको परिचालन हुन नसक्दा यस क्षेत्रले मात्र होईन पछिल्लो समय राष्ट्रले नै ठूलो क्षति ब्यहाेरेकाे बताए | भोलिका राष्ट्रका कर्णधार नानी बावुलाई गुणस्तरीय एवं प्रतिस्पर्धात्मक शिक्षाको अत्यन्तै अपरिहार्यता भएको वर्तमान अवसथामा आफ्नो प्रिय भतिजको स्मृतिमा पुस्तकालय स्थापना गरेको उनकाे भनाइ छ ।

विध्यालययका प्रधानध्यापक उमेश आचार्यले गुणस्तरीय शिक्षा प्रदानका लागि पुस्तकालयको अत्यन्त आवश्यकता महसुश भईरहेको सन्दर्भमा श्रोत सम्पन्न पुस्तकालय प्राप्त हुनु अत्यन्त खुसीको विषय भएको र शैक्षिक गुणस्तर अभिबृद्धिका लागि ठूलो टेवा पुग्ने बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञान बहादुर कुमालले पुस्तकालय प्रदान गर्ने पोखरेल परिवार प्रती हार्दिक कृतज्ञता एवं पुस्तकालयको उच्चतम सदुपयोगमा गरिने प्रतिवद्धता व्यक्त गरे | श्री आधारभूत विद्यालय सिसाबासका पूर्व विध्यार्थी प्रशान्त पोखरेलको मिति २०७९ बैशाख १३ गते अल्लपायूमै सवारी दुर्घटनामा निधन भएको थियो |

Facebook Comments

Read Previous

क्यान इन्फोटेकमा अवलोकनकर्ताको भीड

Read Next

जीर्ण बन्यो बागलुङ–बेनी सडक

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar