Nepal Purbadhar

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

पर्यटक आकर्षित गर्न भ्यूटावर


झापा । विर्तामोडको मुक्तिचोकबाट दुई किलोमिटर दक्षिणमा पर्यटक आकर्षित गर्ने उद्देश्यका साथ निजी लगानीमा नौतले भ्यूटावर निर्माण गरिएको छ।

शिक्षासेवी जयनारायण ढुंगानाले बिर्तामोड–२ मा आठ बिघा निजी जग्ग्गामा निर्माण गरेको श्रीजय ड्रिमल्याण्ड उद्यानमा एक करोड रुपैयाँको लगानीमा भ्यूटावर बनाएका हुन्। झापाको मुख्य व्यापारिक केन्द्र बिर्तामोडमा रहेको यो भ्यूटावर र उद्यानले आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने सम्भावना रहेको स्थानीय विजय बराल बताउँछन्।

चार दशकअघि जिल्लाकै पहिलो कनकाई अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालय स्थापना गरेका शिक्षासेवी ढुंगाना पछिल्लो समय पर्यटकीय उद्यान निर्माणमा जुटेका छन्। सो उद्यानमा लिची, आँप, अम्बालगायत फलफूलका बोट हुर्किएका छन्। घुमफिरका लागि आउने पर्यटकले बगैँचामा ताजा फलफूल किनेर खान पाउनुका साथै दृश्यावलोकन गर्न सक्नेछन्।

ढुंगानाले विगत छ वर्षदेखि उद्यान निर्माण थालेका हुन्। ‘पैसा कमाउने उद्देश्यले होइन, समाजलाई शिक्षा दिने र पर्यावरणलाई स्वच्छ बनाउने सोचले उद्यान बनाएको हुँ,’ उनले भने। उनले उद्यानभित्र निर्माण गरेको नौतले भ्यूटार एक सय नौ फिट अग्लो छ। यहाँबाट झापाका विभिन्न स्थानको दृश्यावलोकन गर्न सकिन्छ। टावरको आठ तलासम्म सपिङ कम्प्लेक्स सञ्चालनको तयारी छ।

उद्यानमा आन्तरिक पर्यटक आउन थालिसकेका छन्। उद्यानमै सेमिनार र वनभोज कार्यक्रम गर्न सकिने व्यवस्था गरिएको छ। तीन करोडको लागतमा उद्यान निर्माण गरिएको हो। उद्यानमा स्विमिङ पुल, रिसोर्ट, फुटसल खेल्ने व्यवस्था गर्न लागिएको छ। ‘उद्यानमा प्रत्येक वर्ष ‘लिची महोत्सव’ गरिँदै आएको छ,’ उनले भने।


Read Previous

ठेक्का लिएको १० वर्षसम्म पुल नबनाउने ठेकेदार कम्पनीलाई साढे ८ करोड जरिवाना

Read Next

अन्तर्राष्ट्रिय विमानस्थलको सेवामा क्रमिक सुधार : पर्यटनमन्त्री

Leave a Reply

Your email address will not be published. Required fields are marked *