Nepal Purbadhar

सोमवार, बैशाख १७, २०८१
Monday, April 29, 2024

सोमवार, बैशाख १७, २०८१
Monday, April 29, 2024
उच्च गतिको विद्युत प्रवाह हुँदा अन्नपूर्ण गाउँपालिकाका ६० घरमा क्षति    तेस्राे लगानी सम्मेलन : जलविद्युतका स्वदेशी लगानीकर्ता उत्साहित,लगानी मनाेबल बढाउने नीतिगत व्यवस्था गर्न माग मर्स्याङ्दी–काठमाडौं २२० केभी प्रसारण लाइन तथा मातातीर्थ सबस्टेसनको औपचारिक उद्घाटन नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ,ठूला पूर्वाधार परियाेजनामा लगानी गर्नुहोस्: प्रधानमन्त्री दाहाल नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक गन्तव्यः अर्थमन्त्री पुन    राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी    तेस्राे लगानी सम्मेलन सुरु, प्रधानमन्त्री दाहालले गरे उद्घाटन पुल डिजाइन र प्रोजेक्ट म्यानेजमेन्ट सम्बन्धी तालिम सम्पन्न

मध्यपहाडी लोकमार्गको पातिहाल्ने-लुकुम खण्डको काम अलपत्र


रुकुमपूर्व । राष्ट्रिय गौरवको आयोजनामध्येको मध्यपहाडी (पुष्पलाल) लोकमार्गअन्तर्गत जिल्लाको भूमे गाउँपालिका–१ पातिहाल्ने-लुकुम खण्डको काम अलपत्र भएको छ। तेह्र किलोमिटर लामो रहेको पातिहाल्ने-लुकुम खण्डको कालोपत्र तयारीको काम अलपत्र परेको हो।

आर्थिक वर्ष २०७२/७३ मा कालोपत्र तयारी कामका लागि लागेको ठेक्का पछिल्लो डेढ वर्षदेखि अलपत्र अवस्थामा छ। कालोपत्रका लागि जिम्मा पाएको सिद्धिशाही प्रकाश कन्स्ट्रक्सन प्रालि सम्पर्कविहीन भएपछि उक्त खण्डको काम अलपत्र अवस्थामा पुगेको हो।

कालोपत्रका लागि ठेक्का पाएको निर्माण व्यवसाय डेढ वर्षदेखि सम्पर्कविहीन बन्दा यस खण्डको काम अघि बढ्न नसकेको मध्यपहाडी लोकमार्ग योजना कार्यालय दैलेखका इञ्जीनियर हुमनाथ पौडेलले जानकारी दिए। यस खण्डमा कालोपत्रका लागि ३८ करोड रुपैयाको हाराहारीमा बजेट विनियोजन गरिएको थियो।

उक्त बजेटबाट हाल ३० करोड रुपैयाँको हाराहारीमा काम भएको पौडेलको भनाइ छ। ३० करोड बजेट खर्च हुँदा ८२ प्रतिशत काम भएको इञ्जीनियर पौडेलले बताए। कालोपत्रका लागि ग्राभेल, नाली कटिङ, ग्यावियन तथा जाली हाल्ने काम अन्तिम चरणमा रहेको उनले बताए।

कामको जिम्मा पाएको ठेकेदार सम्पर्कविहीन भएपछि मध्यपहाडी लोकमार्ग योजना कार्यालय दैलेखले ठेक्का तोड्न सूचना प्रकाशन गरेको थियो। उक्त सूचना प्रकाशन भएपछि सिद्धिशाहीका ठेक्का साझेदारी निर्माण व्यवसाय खिन्टी महादेव कन्स्ट्रक्सन सम्पर्कमा आएको इञ्जीनियर पौडेलले जानकारी दिए। समयमै काम सम्पन्न गर्न नसकेपछि विभिन्न मितिमा तीनपटकसम्म म्याद थप गरिसकिएको छ। अहिले चौथोपटक आउँदो असार मसान्तसम्मका लागि म्याद थप गरिएको छ।

काम अलपत्रमा पारी काम गर्न जिम्मा पाएको निर्माण व्यवसायी सम्पर्कविहीन भएपछि खिन्टी महादेव कन्स्ट्रक्सन काम गर्न सम्पर्कमा आएको प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवारले जानकारी दिए। खिन्टी महादेव कन्स्ट्रक्सनलाई स्थानीयवासीले तत्कालै काम नगर्न अनुरोध गरेका थिए। यसअघि काम गरेका मजदुरलाई सिद्धिशाहीले ज्यालासमेत नदिएको स्थानीय मजदुरले बताएका छन्। मजदुरले काम गरेवापतको पैसा नपाउनु दुःखद् भएको प्रजिअ सुनुवारले बताए।

मध्यपहाडी राजमार्गको रुकुमपूर्व खण्डको अधिकांश क्षेत्रमा कालोपत्र भइसकेको छ। पातीहाल्ने-लुकुम खण्डमा कालोपत्र नहुँदा खोलाको पानीले सडक चिराचिरा पारेर यातायातका साधनलाई आवागमनमा असहज भइरहेको छ।


Read Previous

माया खोला हाइड्रोपावरको आइपिओ आउँदै

Read Next

प्रभु बैंकको सीईओमा अशोक शेरचन पुनः नियुक्त

Leave a Reply

Your email address will not be published.