
फाइल तस्बीर।
काठमाडौं। अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभिरमा सडकको ग्याबियन वाल भासिएको छ। ग्याबियन वाल भासिएपछि नयाँ ट्र्याकसमेत जोखिममा परेको छ।
सडक विभागका अनुसार सडकको नदीतर्फ रहेको ग्याबियन वाल केही तल झरेको छ। हाल सञ्चालनमा रहेको सडक माथिको स्लोपमा भने समस्या नदेखिएको र सडकको अवस्था निरन्तर निगरानी भइरहेको छ।
गत भदौमा भोटेकोशी र त्रिशूलीमा आएको बाढीले कृष्णभिर क्षेत्रमा सडक कटान गरेको थियो। सडक कटान भएपछि नयाँ ट्र्याक निर्माण गरी असोज १ गतेदेखि राजमार्ग सञ्चालनमा ल्याइएको थियो।

