Nepal Purbadhar

पहिरोका कारण मुग्लिन-पोखरा सडकखण्डका विभिन्न स्थान प्रभावित, कस्तो छ सडकको अवस्था?


काठमाडौं। अविरल वर्षाका कारण मुग्लिन-पोखरा सडकखण्डका विभिन्न स्थानमा पहिरो खसेपछि यातायात प्रभावित भएको छ।

पहिरोका कारण कतिपय स्थानमा सडक एकतर्फी रूपमा मात्र सञ्चालनमा रहेको छ भने केही स्थानमा एकतर्फी मार्गलाई दुईतर्फी बनाएर सवारीसाधन सञ्चालन गरिएको जनाइएको छ।

यस्तै, तनहुँतर्फबाट मुग्लिन हुँदै काठमाडौं तथा भरतपुर जाने सडकसमेत पहिरोका कारण प्रभावित भएको छ। सडकमा थप पहिरो खस्ने जोखिम कायमै रहेकाले चालक तथा यात्रुलाई सावधानी अपनाउन आग्रह गरिएको छ।

सम्भव भएसम्म अनावश्यक यात्रा नगर्न र यात्रा गर्नैपर्ने अवस्था भए सडकको पछिल्लो अवस्था बुझेर मात्र यात्रा गर्न अनुरोध गरिएको छ।

सडक तथा यातायातसम्बन्धी आपत्कालीन सहयोग आवश्यक परे नेपाल प्रहरीको १०० मा सम्पर्क गर्न सकिनेछ।

तस्बिर स्रोत: तनहुँ प्रहरी


Read Previous

४० मेगावाटको राहुघाट जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण प्रणालीमा जोडियो

Read Next

अविरल वर्षापछि कृष्णभिरमा ग्याबियन वाल भासियो, नयाँ ट्र्याक जोखिममा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar