Nepal Purbadhar

३७ वर्ष पुरानो कालिकोटको सुनथराली विमानस्थल कालोपत्र गरिँदै


मान्म । कालीकोटको नरहरिनाथ गाउँपालिका–१ कोटवाडामा निर्माणाधीन सुनथराली विमानस्थलको कालोपत्र गर्ने काम अन्तिम चरणमा पुगेको छ। विमानस्थलको धावनमार्ग कालोपत्र गर्ने र नाला बनाउने काम सकिन लागेको छ।

विसं २०४२ मा विमानस्थल निर्माण गरिएको हो। विमानस्थलमा रिपिटर टावर निर्माण भइसकेको छ। कालोपत्र र रङरोगन गर्ने काम भइरहेको सुनथराली विमानस्थल आयोजना प्रमुख रत्नबहादुर श्रेष्ठले जानकारी दिए। ‘विमानस्थल निर्माण सकिन लागेको छ,’ उनले भने, ‘चाँडै विमानस्थलमा जहाज अवतरण गराउने योजना छ।’

विसं २०७३ माघ २९ गते परीक्षण उडान गरिए पनि विमानस्थलमा नियमित उडान भने हुन सकेको थिएन। नरहरिनाथ गाउँपालिकाका अध्यक्ष नगेन्द्र विष्टले फागुनको पहिलो हप्तासम्म विमानस्थलमा पुनः परीक्षण उडानसँगै नियमित उडानको प्रयास भइरहेको बताए।

विमानस्थल निर्माणमा एक अर्ब रुपैयाँभन्दा बढी खर्च भएको छ। कालोपत्र गर्न १४ करोड ९३ लाख रुपैयाँ खर्च भएको प्राधिकरणले जनाएको छ।

Facebook Comments

Read Previous

सिँचाइ उपकरण र कृषियन्त्र वितरण गर्दै कृषि ज्ञान केन्द्र

Read Next

टरिगाउँमा आजदेखि सीता एयरले उडान भर्दै

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar