Nepal Purbadhar

शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024
भैरहवा नाकाबाट आयात हुने पेट्रोलियम पदार्थको परिमाण घट्यो २०० मेगावाटसम्मको जलविद्युत आयोजना खोज्दै नेको इन्स्योरेन्स,अनुमतिपत्र बिक्री गर्न इच्छुकबाट आशयपत्र माग ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ अभियानमा ग्लोबल आइएमई बैंकको प्रतिबद्धता,वातावरणमैत्री दिगो अभ्यासकाे अनुशरण गर्ने नागरिक लगानी कोषले पाल्पा सिमेन्ट उद्योगको सेयर प्रत्याभूति गर्ने तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम

खोटेहाङ–काठमाडौं बस सेवा सञ्चालन


खोटाङ । खोटाङको दक्षिणी क्षेत्रमा पर्ने खोटेहाङ गाउँपालिकाबाट पहिलोपटक पूर्वी तराई तथा राजधानी काठमाडौंसम्मको सिधा बस सेवा सञ्चालनमा आएको छ। खोटाङ यातायात प्रालिसँगको सहकार्यमा गाउँपालिकाले वडा नं ३ सावाकटहरेको निगालेबाट काठमाडौं र पूर्व तराईको इटहरीसम्म दैनिक बस सेवा सञ्चालन गरेको हो।

खोटेहाङको वाखुताङ–काठमाडौ. दैनिक बिहान ४ बजे, वाखुताङ–गाईघाट बिहान ५ः३० बजे, खोटाङबजार–काठमाडौं बिहान ५ बजे, सिम्पानी–काठमाडौं बिहान ६ः३० बजे र खोटाङबजार–गाईघाट बिहान ६ः३० बजे बस छुट्ने व्यवस्था मिलाइएको छ। सगरमाथा राष्ट्रिय राजमार्गमा पर्ने फोक्सिङटारस्थित सुनकोसी नदीमा निर्माण गरिएको पुल सञ्चालनमा आएसँगै खोटाङ यातायात प्रालिले खोटेहाङबाट पूर्वी तराई तथा काठमाडौंसम्मको सिधा यातायात सेवा सञ्चालनमा ल्याएको प्रालिका महासचिव रामकुमार हिङमाङले जानकारी दिए।

गाउँपालिकाको विभिन्न ठाउँबाट सिधा यातायात सेवा सञ्चालन भएपछि दक्षिणी क्षेत्रका बासिन्दाले उदयपुरको बेल्टारसम्म पुगेर बस चढ्नुपर्ने बाध्यता हटेको छ। दश स्थानीय तह रहेको खोटाङका गाउँ–गाउँमा यातायातको पहुँच सहज हुँदै गएको छ। दुर्गम क्षेत्रका यात्रुले दुई दिनसम्म हिँडेर बस चढ्नुपर्ने बाध्यता विद्यमान छ। सोही समस्यालाई मध्यजनर गरेर गाउँपालिकासँगको सहकार्यमा खोटाङ यातायात प्रालिले सिधा बस सेवा सञ्चालन गरेको हिङमाङ बताउँछन् ।

खोटेहाङ गाउँपालिकाले सदरमुकाम दिक्तेल हुँदै काठमाडौं तथा उदयुपर–इटहरी सिधा यातायात सञ्जाल जोड्ने गरी सडक निर्माण कार्यलाई तीव्रता दिएको छ। यसअघि निर्माण गरिएका सडक मर्मत गरेर यातायात सञ्चालन ल्याइएपछि ग्रामीण क्षेत्रका स्थानीय बासिन्दालाई आवतजावत गर्न सहज भएको छ। अधिकांश ग्रामीण सडक मापदण्डअनुसारका नभएकाले दुर्घटना जोखिम भने उत्तिकै छ।

खोटेहाङ गाउँपालिका र खोटाङ यातायात प्रालि व्यवसायी सङ्घको साझेदारीमा भाडादरसमेत कायम गरिएको छ। खोटेहाङको वाखुताङ–काठमाडौंसम्म प्रतिव्यक्ति दुई हजार सात सय, खोटाङबजार–काठमाडौं दुई हजार पाँच सय, सिम्पानी–काठमाडौं दुई हजार दुई सय तथा रसुवाघाट–काठमाडौं एक हजार नौ सय रुपैयाँ भाडा निर्धारण गरिएको छ।

यस्तै वाखुताङ–गाईघाट एक हजार चार सय, खोटाङबजार–गाईघाट एक हजार दुई सय, खोटाङबजार–इटहरी एक हजार छ सय, वाखुताङ–इटहरी एक हजार आठ सय, सिम्पानी–इटहरी एक हजार पाँच सय, रोक्सिङभञ्ज्याङ–गाईघाट एक हजार दुई सय, खोटाङबजार–रसुवाघाट छ सय र चिप्रिङ–गाईघाट एक हजार तीन सय रुपैयाँ भाडादर कायम गरिएको महासचिव हिङमाङले जानकारी दिए।


Read Previous

भारतीय कम्पनी एनएचपीसीले बुझायो पश्चिम सेती आयोजनाको प्रारम्भिक प्रतिवेदन

Read Next

टर्मिनल भवन नहुँदा ताल्चा विमानस्थलमा समस्या

Leave a Reply

Your email address will not be published.