Nepal Purbadhar

बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024

बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024
नागरिक लगानी कोषले पाल्पा सिमेन्ट उद्योगको सेयर प्रत्याभूति गर्ने तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी डिजेल,मट्टितेल सस्ताे हुँदा हवाई इन्धनको मूल्य बढ्यो    तित्याङ–भकुण्डे सडकमा ट्र्याक खुलेको २० वर्षपछि बल्ल कालोपत्र गरिँदै    

आन्तरिक पर्यटकको गन्तव्य बन्दै ‘सन्तानेश्वर महादेव’


बाँके । बाँकेको नरैनापुरस्थित सन्तानेश्वर महादेव मन्दिर धार्मिक पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ। नेपालगञ्जदेखि करिब ३० किलोमिटर टाढा पर्ने सो मन्दिर पुग्न आठ किलोमिटर पहाड जङ्गलको कच्ची बाटोमा पैदलयात्रा गर्नुपर्दछ ।

नेपालगञ्जबाट २२ किलोमिटर टाढा पर्ने नरैनापुर गाउँपालिकाको कोहलाबाट उत्तरतर्फ आठ किलोमिटर उकालो पहाड हिँडेपछि उक्त ठाउँमा पुगिने नरैनापुरका स्थानीय अगुवा सोहनलाल यादवले जानकारी दिए। उनका अनुसार मन्दिरमा नेपालगञ्जलगायत जिल्लाका विभिन्न स्थानबाट भक्तजनको भीड लाग्छ।

अप्ठेरो बाटो भए पनि भक्तजन मन्दिरमा पुग्ने गरेका छन्। सहरभन्दा टाढा जङ्गलको बीचमा पहाडको टाकुरामा मन्दिर रहेकोेले त्यहाँको प्राकृतिक मनोरम सौन्दर्यता अवलोकन र पैदलयात्राको लागि नेपालगञ्जबाट समूह बनाएर भक्तजन पुग्ने गरेका छन्। नरैनापुरको वडा नं ५ र ६ को बीचमा पर्ने बेदिहवा, झण्डवा हुँदै सन्तानेश्वर नामकरण भएको मन्दिर अहिले चर्चामा छ।

अन्य दिनभन्दा शनिबार धेरै भीडभाड हुने गरेको छ। मन्दिर दर्शन गर्न पुगेका कोहलपुरका बलराम भट्टराईले जीवनमै अहिलेसम्मको रमाईलो र स्मरणीय भ्रमण भएको बताए। मनोरम दृश्य र साथीसँगको समूहमा सजिलै सन्तानेश्वर मन्दिर पुगिएको उनको भनाइ छ।

बाँके क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य सूर्य ढकालले मन्दिरमा धार्मिक पर्यटन प्रवद्र्धनको काम गरिने बताए। राप्ती सोनारी गाउँपालिकास्थित भुवर भवानी, नेपालगञ्जको बागेश्वरी र नरैनापुरको सन्तानेश्वर महादेव मन्दिरलाई जोडेर धार्मिक सर्किटको रुपमा विकास गर्ने योजना अघि सारेको उनको भनाइ छ। ढकालले आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनका लागि गुरुयोजना बनाएर काम अगाडि बढाइने प्रतिबद्धता जनाए।

सांसद ढकालले पर्यटकीय सम्भावना बोकेको सन्तानेश्वर मन्दिरमा सहज रुपमा पुग्न सडक निर्माणमा सहयोग र कोहलामा होमस्टे निर्माणका लागि बजेटको व्यवस्था गर्ने आश्वासन दिए। हुलाकी सडक अन्तर्गत नेपालगञ्ज–बघौडा सडकको कोहलाबाट करिब तीन घण्टाको पहाडी बाटो छिचोल्दै सन्तानेश्वर महादेव मन्दिर पुग्न सकिन्छ।

महादेवको दर्शन गर्न बाँकेबाट मात्र नभइ भारत र छिमेकी जिल्लाबाट भक्तजन त्यहाँ पुग्ने गरेको स्थानीयवासी विनय दीक्षितले बताए । सन्तान नभएकाले यहाँ पुगेर दर्शन गर्दा सन्तान लाभ हुने र सन्तान भइसकेका व्यक्ति त्यस ठाउँमा गएर आफ्नो सन्तानको लागि मनोकामना गर्दा सबै पूरा हुने धार्मिक विश्वास रहेको पुजारी योगानन्द गिरीले बताए ।

मन्दिरमा धार्मिक पर्यटकको सङ्ख्या बर्सेनि बढ्दै गएको नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले जानकारी दिए। उनका अनुसार मन्दिरमा शिवरात्री, तिजमा विशेष भीडभाड हुन्छ। मन्दिरमा पुगेर चोखो मनले मागेपछि सन्तान मिल्छ भन्ने विश्वास छ। गाउँपालिकाले मन्दिरमा सोलार बत्ती, पानीको व्यवस्था र मन्दिरसम्म पुग्नका लागि बाटो बनाउने योजना रहेको छ । रासस


Read Previous

नेपाल टेलिकमको नेटवर्कमा समस्या, सेवा अवरुद्ध

Read Next

अन्नपूर्ण गाउँपालिकाले ८ करोड विद्युत रोयल्टी पाउने

Leave a Reply

Your email address will not be published.