Nepal Purbadhar

सोमवार, मंसिर १०, २०८१
Monday, November 25, 2024

सोमवार, मंसिर १०, २०८१
Monday, November 25, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

लुम्बिनीमा पर्यटकको बसाई लम्बाउन सबैको सहकार्य जरुरी


बेलहिया । लुम्बिनी क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि पर्यटकको बसाई अवधि लम्ब्याउने कार्यक्रम सञ्चालन हुनुपर्नेमा जोड दिइएको छ । लुम्बिनी राष्ट्रिय महोत्सव २०७९ को अवसरमा भैरहवामा बुधबारआयोजित लुम्बिनीको पर्यटन प्रबद्र्धन विषयक अन्तक्र्रिया कार्यक्रमका पर्यटकको बसाई अवधि लम्ब्याउने कार्यक्रम बनाएर संञ्चालन गर्न सकिए लुम्बिनीको पर्यटन प्रवर्द्धनमा टेवा पुग्नेछ ।

सिद्धार्थ उद्योग वाणिज्य सङ्घको आयोजनामा भएको कार्यक्रममा लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराईले लुम्बिनी घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकको बसाई लम्बाउन पर्यटन क्षेत्रका सम्बद्र्ध सबै पक्ष र स्थानीयवासीले समेत सहकार्य गरेर अगाडि बढ्न जरुरी रहेको बताए ।

कोषाध्यक्ष भट्टराईले भारतीय पर्यटक अथवा स्थल मार्ग बाट नेपाल आउने भारत तथा तेस्रो मुलुकका पर्यटकको भ्रमण प्याकेज बनाउने काममा नेपाली पर्यटन व्यवसायी पनि सक्रियतापूर्वक लाग्नुपर्नेमा जोड दिए ।

‘लुम्बिनी घुम्न आउने पर्यटकको भ्रमण प्याकेज सबै भारतीय पर्यटन व्यवसायीले बनाउँछन् अनि उनीहरुले दिनभर घुमाएर साँझ उतै भारततर्फ फर्काउने प्याकेज बनाउँछन्’, उनले भने, ‘लुम्बिनीको बसाई लम्ब्याउने गरी नेपाली पर्यटन व्यवसायीले भ्रमण प्याकेज अन्तर्राष्ट्रिय बजारमा लैजानु जरुरी छ ।’

होटल एशोसियशन नेपालका केन्द्रीय सदस्य सिपी श्रेष्ठले पर्यटकको बसाई लम्ब्याउन सरकारी नीति नै सच्चाउनु पर्ने भन्दै सुशासनसहित सबैले काम गरेमा पर्यटक खुसी हुने, उनीहरु खुसी भए खर्च धेरै गर्ने र बसाई पनि लम्ब्याउन सकिने बताए ।

नेपाल एशोसियशन अफ ट्राभल्स एन्ड टुर एजेन्ट (नाट्टा) लुम्बिनी प्रदेश अध्यक्ष रचना पन्तले पर्यटन क्षेत्रको लागि सबैको सहकार्य र एकता जरुरी रहेको बताइन । कार्यक्रममा सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष भीष्मप्रसाद न्यौपानेले पर्यटन प्रवर्द्धनको लागि सरकारले पूर्वाधार बनाउने र निजी क्षेत्रले सहकार्य गरेर पर्यटकलाई सेवा दिने काम गर्नुपर्ने बताए ।

पर्यटनविद डा हरिध्वज राईले लुम्बिनी आउने पर्यटकको बसाइँ लम्बाउन नसक्दासम्म लाखौँ पर्यटक आए, लाखौँ पर्यटक गए भनेर प्रचार गर्नुको खासै अर्थ नहुने उल्लेख गरे । ‘लुक्लामा एकजना पर्यटन व्यवसायीले मासिक रु १७/१८ लाख आम्दानी गरिरहेका छन् । त्यहाँ पर्यटकको सङ्ख्या कम भएता पनि गुणस्तरीय पर्यटक पुगेका छन्’, उनले भने, ‘हामीकहाँ एक दिन पनि नबस्ने भीड छ । त्यसले पर्यटन प्रबद्र्धनमा उल्लेख्य सहयोग गर्दैन ।’

अन्तक्रिया कार्यक्रममा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका निमित्त प्रमुख सुभाष झाले अन्तर्राष्ट्रिय जहाजको लागि फुलफेजमा उडान गर्ने गरी विमानस्थल तयार भएको बताए । उनले सबै एअरलायन्सले उडान भर्ने वातवरण सिर्जना गर्न सबैको सहकार्य जरुरी रहेको बताए ।

कार्यक्रममा सिद्धार्थ उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष ठाकुरकुमार श्रेष्ठले पर्यटन व्यवसाय एक्लै गरेर नहुने बताउँदै सबै पक्षको सहकार्य आवश्यक रहेको बताए ।


Read Previous

दूरसञ्चार कोषद्वारा ‘ब्रोडब्यान्ड’उपलब्ध

Read Next

प्राधिकरणले विद्युत नकिन्दा गुम्यो २ अर्ब, लगानीकर्ता भन्छन्,‘ब्याज तिर्न नसकेर सडकमा आउन लाग्यौं’

Leave a Reply

Your email address will not be published. Required fields are marked *