Nepal Purbadhar

आइतवार, बैशाख २३, २०८१
Sunday, May 5, 2024

आइतवार, बैशाख २३, २०८१
Sunday, May 5, 2024
 ट्रंक लाइन र डेडिकेटेड फिडर विवाद अध्ययन गर्न बनेकाे आयोगले ऊर्जामन्त्रीलाई प्रतिवेदन बुझायाे कोरला नाकामा पुग्याे राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत खडेरीले पानीको स्रोत कम हुन थालेपछि वैकल्पिक स्रोतको खोजी    बजेट अभावले धनगढी–खुटिया–दिपायल द्रुतमार्गामा पुल निर्माण प्रभावित    मुहान सुकेपछि हिलिहाङका स्थानीयबासी खानेपानीका लागि ट्यांकरमा निर्भर    ६ करोड रुपैयाँ लागतमा तनहुँको बुल्दी खोलामा पुल बन्दै    भैरहवा नाकाबाट आयात हुने पेट्रोलियम पदार्थको परिमाण घट्यो २०० मेगावाटसम्मको जलविद्युत आयोजना खोज्दै नेको इन्स्योरेन्स,अनुमतिपत्र बिक्री गर्न इच्छुकबाट आशयपत्र माग

वैकल्पिक स्राेत नहुँदा गोबरको गुइँठाबाट खाना पकाउन बाध्य


सर्लाही । अधिकांश सर्लाहीबासी दाउराको अभावमा गाईबस्तुको गोबरबाट बनेका गुइँठामा खाना पकाउन बाध्य छन् ।

जिल्लामा रहेका २० स्थानीय तहमध्ये अधिकांश स्थानीय तहका बासिन्दा वर्षाैदेखि गोबरका गुइँठा बनाइ खाना पकाउने इन्धनका रुपमा प्रयोग गर्दै आइरहेका छन् ।

विषेशगरी जिल्लाका दक्षिणी भेगमा गुइँठाको प्रयोग अत्यधिक हुने गरेको छ । तराई–मधेसमा गुइँठाबाट खाना पकाउने चलन पुरानो भए पनि वनबाट पाइने दाउराको अभाव तथा असहज उपलब्धताले गर्दा सो क्षेत्रका नागरिक  गुइँठाबाट खाना पकाउन बाध्य हुन् ।

गाउँ नजिकै कुनै पनि वन नरहेको, वनबाट दाउरा ल्याउनका लागि टाढा जानुपर्ने बाध्यता तथा वनबाट दाउरा ल्याउँदा वनका कर्मचारी तथा प्रहरीले दुःख दिने गरेकाले आफूहरु गुइँठाकै प्रयोग गर्न बाध्य रहेको ब्रम्हपुरी गाउँपालिका–४ की रामकली देवीले गुनासो गरिन् ।

गाईभैँसीको गोबरमा गहुँको भुसा, मकै, गहुँ वा तोरीको डाँठ र पराल आदि मिसाएर त्यसलाई चाक्लो पारी पथारेर तयार पारिने गुइँठालाई स्थानीय भाषामा गोरहा भन्ने गरिन्छ ।

तराई–मधेसमा घरका महिला सदस्यको प्रमुख काममध्ये गुइँठा बनाउन पनि एक रहेको छ । उनीहरुले घरधन्दा सँगसँगै खाना पकाउनका लागि गुइँठा पनि तयार गर्ने रहेको छ ।

गोबरबाट तयार पारिएको गुँइठालाई करिब एक महिना घाममा सुकाएपछि बाल्नका लागि तयार हुने र यसैलाई अहिलेसम्म इन्धनको रुपमा प्रयोग गर्दैै आएको मलङ्गवा–७ मुसौलीकी रमिलादेवीले बताइन् ।

जिल्लाको दक्षिणी भेगमा रहेका गाउँका घर तथा सडकमा सुकाएर राखिएको गुइँठाका दृश्य सामान्य नै लाग्छन् ।

सुकेर तयार भएको गुइँठालाई पानी नचुहिने, नभिज्ने तथा सुख्खा ठाउँमा थाक बनाएर राख्ने गरिन्छ । यसरी थाक बनाएर राखेका गुइँठा आवश्यकताअनुसार खाना पकाउन प्रयोग गरिन्छ ।

ब्रम्हपुरी–३ का रामविनय रायले गुइँठाबाट खाना पकाउँदा अत्यधिक धुँवा आउने, त्यसमा रहेका कीरा खानामा पर्ने, राम्रोसँग नबल्ने, स्वास्थ्यमा समस्या आउने भए पनि आफुहरुसँग अन्य विकल्प नरहेकाले बाध्य भएर गुइँठाको प्रयोग गर्नुपरेको बताए ।

गाईबस्तुको गोबरबाट गुइँठा बनाएर बाल्दा खेतबारीमा जैविक मलको अभाव हुने गरेको छ ।

त्यसले गर्दा किसानले खेतीबारीमा बाध्य भएर रासायनिक मलको प्रयोग गर्नुपरिरहेको कृषि ज्ञान केन्द्रका प्रमुख कमलदेवप्रसाद कुशवाहले बताए ।

खेतबारीमा जैविक मल प्रयोग नगरी केवल रासायनिक मलमात्र प्रयोग गर्नाले जमिनकोे उर्वरा शक्ति क्षणहुँदै जाने र अन्ततः जमिन मरुभूमिमा परिणत हुनसक्ने कुशवाहको भनाइ छ ।

गुइँठाको प्रयोगबाट निस्कने धुँवाबाट स्वास्थ्यमा नराम्रो असर पर्ने प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दीका प्रमुख सुदिपराज काफ्लेले बताए । उनका अनुसार लामो समयसम्म गुइँठाको धुँवामा बस्दा स्वाशप्रस्वाशसम्बन्धी विभिन्न रोग लाग्ने गर्छ । रासस


Read Previous

४ वर्षअघि सम्पन्न हुनुपर्ने सबस्टेशन निर्माण अझै अपुराे, तार तान्न र खम्बा गाड्न नपाउँदा समस्या

Read Next

कालीगण्डकी पुलको कामले ६ वर्षपछि गति लियो

Leave a Reply

Your email address will not be published.