Nepal Purbadhar

बिहिबार, कार्तिक १५, २०८१
Thursday, October 31, 2024

बिहिबार, कार्तिक १५, २०८१
Thursday, October 31, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

चेपे ए जलविद्युत आयोजना कार्यालयमा तोडफोड र आगजनी, इप्पानले गर्यो कार्वाही र क्षतिपूर्तिको माग


काठमाडौं । चम्पादेवी हाइड्रोपावर कम्पनीले निर्माण गरिरहेको चेपे ए जलविद्युत आयोजना (७ मेगावाट) को साइट अफिस र पावर हाउसमा एक समूह प्रवेश गरी कार्यालयका सामान तथा सवारी साधनमा तोडफोड गरेको छ ।

तोडफोड र आगजनीबाट कम्पनीलाई ३ करोड रुपैयाँ बराबरको क्षति कम्पनीले जानकारी दिएको छ । लमजुङ र गोरखा जिल्लामा निर्माणाधीन रहेको यो आयोजनामा भएको घटनाले स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) लाई स्तब्ध बनाएको छ ।

इप्पानले एक विज्ञप्ति जारी गरी राइनास नहरसँगको सरोकारको विषयमा भएको असमझदारीपश्चात घटाइएको उच्छृङखल तथा अराजक घटनाको भत्र्सना र निन्दा गरेको छ ।

‘हरेक आयोजनाहरु र त्यसका सरोकारवाला पक्षहरुबिचको कुनै पनि असमझदारी आपसी संवाद र छलफलबाटै समाधान गर्न सकिनेतर्फ ईप्पान जोड दिन चाहन्छ’ विज्ञप्तिमा उल्लेख छ । विगतदेखि नै जलविद्युत आयोजनाहरुले यस्ता थुप्रै अप्रिय घटनाहरुको सामना गरिरहनुपरेको इप्पानले उल्लेख गरेको छ ।

एक पक्षीय ढंगले आफ्ना माग पुरा गराउन आयोजनालाई गम्भीर क्षति पुर्याउने तथा प्रवर्द्धक एवम् कर्मचारीहरुलाई मानसिक र भौतिक रुपमा डर, त्रास पैदा गराउने नियोजित उद्देश्यले त्यस खालका अराजक र उदण्ड गतिबिधि हुने गरेको इप्पानको भनाइ छ ।

यस प्रकारका अपराधिक गतिबिधिले यो क्षेत्र निरुत्साहित हुने भएकाले उनले सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराएको छ । परियोजनाहरुको कार्यस्थलमा हुने गरेका यस्ता घटनाहरुलाई निरुत्साहित गर्न तत्काल छुट्टै सुरक्षा संयन्त्र निर्माण गर्न माग गरेको छ ।

राष्ट्रिय प्राथमिकता प्राप्त जलविद्युत आयोजनाहरुमा यस्ता कार्यहरु निरुत्साहित गरी सुरक्षाको प्रत्याभुति गराउनुका साथै तत्काल यस घटनाको निष्पक्ष छानविनको माग गरेको छ । साथै दोषी उपर कानुनी कारवाही र पीडक पक्षबाटै पीडित पक्षको क्षतिपूर्ति भराउने व्यवस्था मिलाउन ईप्पानले सरकारसँग जोडदार माग गरेको छ ।


Read Previous

खहरे खोलाको पानी ल्याउन रामनगरका स्थानीय श्रमदानमा

Read Next

कालीगण्डकी करिडोरसँगको पहुँचमार्ग कालोपत्रे गरिने

Leave a Reply

Your email address will not be published. Required fields are marked *