Nepal Purbadhar

सोमवार, बैशाख १७, २०८१
Monday, April 29, 2024

सोमवार, बैशाख १७, २०८१
Monday, April 29, 2024
तेस्राे लगानी सम्मेलन : जलविद्युतका स्वदेशी लगानीकर्ता उत्साहित,लगानी मनाेबल बढाउने नीतिगत व्यवस्था गर्न माग मर्स्याङ्दी–काठमाडौं २२० केभी प्रसारण लाइन तथा मातातीर्थ सबस्टेसनको औपचारिक उद्घाटन नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ,ठूला पूर्वाधार परियाेजनामा लगानी गर्नुहोस्: प्रधानमन्त्री दाहाल नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक गन्तव्यः अर्थमन्त्री पुन    राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी    तेस्राे लगानी सम्मेलन सुरु, प्रधानमन्त्री दाहालले गरे उद्घाटन पुल डिजाइन र प्रोजेक्ट म्यानेजमेन्ट सम्बन्धी तालिम सम्पन्न हेटौंडा-ढल्केबर-इनरुवा प्रसारण लाइनकाे पूर्वी खण्ड बिस्तारमा स्थानीय अवरोध,तार तान्ने काम प्रभावित   

कालीगण्डकीमा पक्की पुल निर्माण अलपत्र, स्थानीयलाई आवत-जावतमा सास्ती


रेसुङ्गा । कालीगण्डकीमा गुल्मी र पर्वत जोड्ने पक्की पुलको निर्माणको काम विगत ६ वर्षदेखि अघि बढन सकेको छैन । गुल्मीको कालीगण्डकी गाउँपालिकाको पूर्तिघाट र पर्वतको बिहादी गाउँपालिकाको रानीपानी जोड्ने गरी निर्माण थालिएको पक्की पुल अलपत्र अवस्थामा पुगेकाे हाे ।

तत्कालीन तम्घास–सिमलटारी–प्युठान सडक आयोजना गुल्मी र एलिट कन्ट्रक्सन प्रालि काठमाडौंबीच २०७३ भदौ ३१ गते ठेक्का सम्झाैता भई निर्माण सुरु भए पनि अहिलेसम्म सम्पन्न हुन सकेकाे छैन ।  कूल  १४ करोड ६७ लाख रुपैयाँमा पक्की पुल बनाउने गरी सम्झाैता गरिएकाेमा ठेकेदार कम्पनीले काम थालेर अलपत्र छाेडेकाे छ ।

ठेक्का सम्झौताअनुसार पक्की पुलको निर्माण २०७६ चैत ३० गतेभित्र सम्पन्न हुनुपर्ने थियाे ।  अहिले सम्झौता भएको तम्घास–सिमलटारी–प्युठान सडक आयोजना गुल्मी खारेज भएको छ । अहिले मदन भण्डारी राजमार्ग आयोजना योजना कार्यालय तम्घास गुल्मीले यो पुलकाे काम हेर्ने गरेको छ ।

ठेकेदारले राम्राेसँग काम नगर्दा कालीगण्डकी पुलको निर्माण कार्यमा ढिलाइ भएको मदन भण्डारी राजमार्ग आयोजना योजना कार्यालय तम्घास गुल्मीका सूचना अधिकारी वीरेन्द्रप्रकाश तेलीले बताए । उनले नदीमा पानीको बहाव बढी हुने र १ वर्षमा करिब ३ महिना मात्र काम गर्न सकिने भएकाले समयमै काम गर्न निर्माण व्यवसायीले नसकेको बताए ।

बीचमा कोभिड–१९ महामारीका कारणा पुल निर्माणकाे काममा समस्या भएकाले निर्माण व्यवसायीलाई पनि दवाब दिन नसिकएको  तेलीले बताए ।    सार्वजनिक खरिद नियमावलीको १२ औँ संशोधन अनुसार २०८० असार मसान्तसम्म काम सम्पन्न गर्नुपर्ने प्रावधान रहेकाले उक्त अवधिसम्म कार्य सम्पन्न गर्नका लागि कार्यालयको ताकेता गरिरहेको छ ।

पुल समयमा निर्माण नहुँदा पूर्तिघाट र रानीपानीका स्थानीयलाई आवत–जावतमा सास्ती भएको छ । गुल्मीको कालीगण्डकी गाउँपालिकाका अध्यक्ष बेदबहादुर थापाले आफूहरुको बारम्बारको ताकेताले अहिले निर्माण व्यवसायीले केही चासो देखाएको बताए ।  कालीगण्डकी नदीको बहाव वर्षायाम अगावै नबढेमा पक्की पुलको आधार निर्माण गर्ने निर्माण व्यवसायीले प्रतिबद्धता गरेको थापाले बताए ।

भाैगाेलिक  अवस्थाका कारण समयमै पुल बनाउन नसकेकाे ठेकेदार कम्पनीका सम्पर्क व्यक्ति सुरेन्द्र लम्सालले बताए । “भुगोलका कारण निर्माण सामग्री निर्माणस्थलसम्म लैजान पनि समस्या भइरहेको छ”, उनले भने, “कालीगण्डकी नदीको बहाव बढ्ने भएकाले वार्षिक ३  महिना मात्र काम गर्नुपर्ने अवस्था छ ।” उनले पछिल्लो पटक थप गरिएकाे म्यादभित्र पुलकाे काम सम्पन्न गरिसक्ने दाबी गरे ।


Read Previous

खानेपानीकाे विद्युत महसुल घटाउने सरकारकाे तयारी

Read Next

नेपाल–अमेरिका व्यापारबाट उच्च लाभ लिन थप बजारीकरण जरुरी

Leave a Reply

Your email address will not be published.