Nepal Purbadhar

शनिबार, बैशाख ८, २०८१
Saturday, April 20, 2024

शनिबार, बैशाख ८, २०८१
Saturday, April 20, 2024
सौर्य पम्प प्रविधिबाट कृषिकाे दिगाे सिँचाइ प्रवर्द्धन गर्न ‘ऊर्जा सप्ताह’ हुँदै काठमाडौं-तराई-मधेश द्रूतमार्गको ३३ प्रतिशत निर्माण सकियाे,लक्ष्यअनुसार काम भइरहेकाे सेनाकाे स्पष्टाेक्ति   माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो    निजी क्षेत्रबाट हाइड्रोजन उत्पादनमा हात हाल्ने पहिलो कम्पनी बन्यो बुद्धभूमी हाइड्रोपवार, केयूसँग सम्झौता चाैंथाे हिमालयन हाइड्रो एक्स्पोको तयारी पूरा, १३ गते राष्ट्रपतिबाट उद्घाटन गरिने तुल्सीपुर मालपोत कार्यालयमा ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउन्टर भेरी नदीमाथि निर्माणाधीन ‘बेलिब्रिज’ अन्तिम चरणमा    तनहुँमा ७.५ किलोमिटर सडक कालोपत्र   

खानेपानीकाे विद्युत महसुल घटाउने सरकारकाे तयारी


काभ्रे । सरकारले खानेपानीकाे विद्युत महसुल घटाउने भएकाे छ । खानेपानी मन्त्रालयले खानेपानीका लागि उपयाेग हुने विद्युतमा लाग्दै आएको विद्युत महसुल घटाउन लागेकाे हाे ।

मन्त्रालयले खानेपानीकाे विद्युत महसुल घटाउनका लागि प्रक्रिया अघि बढाएकाे खानेपानी मन्त्री उमाकान्त चौधरीले बताए । उनले उज्यालो नेपालको सातौं वार्षिक साधारणसभालाई शुक्रबार काभ्रेको धुलिखेलमा सम्बोधन गर्दै विद्युत् महसुल घटाउन काम गरिरहेकाे बताए ।

“खानेपानीको विद्युत महसुल सकभर निःशुल्क, त्याे सम्भव नभएपनि अहिलेको भन्दा कम गर्ने मन्त्रालकाे याेजना छ”, उनले भने, “खानेपानीकाे विद्युत महसुल सिँचाइको भन्दा कम  बनाउन  प्रयास गरिरहेकाे छु ।” उनले विभिन्न क्षेत्रबाट खानेपानीकाे विद्युत महसुल घटाउन मन्त्रालयमा प्रस्ताव आइरहेकाले पनि यसकाे कार्यान्वयनमा लागेकाे बताए ।

मन्त्री चौधरीले जलवायु परिवर्तनका कारण हिमाल र पहाडका पानीका मुहान सुक्दै गएको र तराईमा पानीको सहत घट्दै गएकाले खानेपानीको व्यवथापन गर्न निकै गाह्रो भइरहेको समेत बताए । “यसकारण मैले हिमाल र पहाडमा मूल फुटाउँ अभियान सुरु गरेको हुँ, पोखरी खनेर वा मूल फुटाउने उपाय गरेर खानेपानी समस्या टार्न सकिन्छ” उनले भने ।

कार्यक्रममा प्रधानमन्त्रीका प्रशासनिक सल्लाहकार जनार्दन नेपालले कतिपय स्थानमा खानेपानीको स्रोत नहुँदा सबैलाई पुर्याउन नसकिएकाले थप अध्ययन भइरहेको तर स्रोत भएको स्थानमा सरकारको ‘एक घर–एक धारा’ कार्यक्रम प्रभावकारी भएको बताए ।

बेचानथोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले स्थानीयस्तरमा शिक्षा, स्वास्थ्य र खानेपानीका क्षेत्रमा सहयोग गरेकोमा खुसी व्यक्त गरे ।  संस्थाका उपाध्यक्ष सञ्जय श्रेष्ठले संस्थाको गतिविधिका बारेमा जानकारी दिए ।


Read Previous

मेलम्ची खानेपानी वितरणकाे पुनः उद्घाटन, उपत्यकाकाे समस्याकाे दीर्घकालीन समाधान हुने दाबी

Read Next

कालीगण्डकीमा पक्की पुल निर्माण अलपत्र, स्थानीयलाई आवत-जावतमा सास्ती

Leave a Reply

Your email address will not be published.