Nepal Purbadhar

धमाधम निजीक्षेत्रलाई भेट्दै बालेन, आज ऊर्जा क्षेत्रका उद्यमीसँग छलफलमा


काठमाडौं। पछिल्लो केहिदिनयता निरन्तर निजी क्षेत्रसंग सम्पर्क र भेटघाटलाई प्रथामिकता दिएका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आज (शुक्रबार) ऊर्जा क्षेत्रका उद्यमीसँग छलफल गर्ने भएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बिहान ११:३० बजे हुने भेटवार्तामा ऊर्जा क्षेत्रका समसामयिक समस्या, चुनौती तथा तिनको समाधानका उपायबारे छलफल भइरहेको छ।

ऊर्जा क्षेत्रका एक उद्यमीका अनुसार प्रधानमन्त्रीले ऊर्जा क्षेत्रका समस्या, लगानीको वातावरण, नीतिगत सुधार तथा सम्भावित समाधानबारे प्रत्यक्ष संवाद गर्न ऊर्जा उद्यमीहरूलाई सिंहदरबारमा आमन्त्रण गरेका हुन्।

सरकारले आगामी १० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने महत्वाकांक्षी लक्ष्य अघि सारेको सन्दर्भमा ऊर्जा उद्यमीसँग प्रधानमन्त्रीको यो पहिलो औपचारिक संवाद हुन लागेको हो।

भेटवार्तामा मोहन डाँगी को नेतृत्वमा गणेश कार्की, उत्तम लामा लगायत नेपाल स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (IPPAN) का पदाधिकारी सहभागी हुनेछन्।

छलफलमा निजी क्षेत्रका जलविद्युत् परियोजनाले भोगिरहेका समस्या, विद्युत् प्रसारण पूर्वाधार, वित्तीय व्यवस्थापन, लगानी प्रवर्द्धन तथा ऊर्जा विकाससँग सम्बन्धित नीतिगत विषयमा समेत विचारविमर्श हुने अपेक्षा गरिएको छ।
प्रधानमन्त्रीले यसअघि निर्माण व्यवसायी महासंघ, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ,नेपाल चेम्बर अफ कमर्स लगायतलाई भेटेका थिए।


Read Previous

मिटरब्याजविरुद्ध जनकपुर-काठमाडौं पैदल मार्च, दोस्रो दिन ढल्केबर पुगे पीडित

Read Next

वितरण प्रणाली सुधार र ग्राहक सेवालाई प्राथमिकता दिन ऊर्जा मन्त्रीको निर्देशन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar